‘मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर काम गर्न परराष्ट्रमन्त्री महराको आग्रह
बुधबार, २४ जेठ २०७४, १९ : १७
काठमाडौँ, जेठ २४ – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने गुरुत्तर दायित्व परराष्ट्र मन्त्रालयले निर्वाह गर्नुपर्ने भएकाले सबैले त्यस कार्यलाई सफल पार्न इमान्दारीपूर्वक आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिएको छ ।
परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले छिमेकी राष्ट्रका साथै विश्वका अन्य देशसँग सन्तुलित ढङ्गले परराष्ट्र नीति सञ्चालन गर्नु मुलुको प्राथमिकता भएको बताए ।
विधि र पद्धतिभित्र रहेर आफूले काम गर्ने र कुनै आग्रह र पूर्वाग्रह नराखी राष्ट्र हितमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सम्बद्ध सबै कर्मचारीलाई कार्यसम्पादन गर्न निर्देशन दिए ।
परराष्ट्रमन्त्रीका रुपमा उनले विदेशमा रोजगारीमा गएका नेपालीको हक अधिकार संरक्षण र उद्धारसम्बन्धी विशेष कार्यदल गठन गर्ने पहिलो निर्णय पनि गरे ।
त्यसअघि उक्त मन्त्रालयका सचिव शङ्करदास बैरागीले विशिष्ट प्रकृतिको कार्यसम्पादन गर्ने परराष्ट्र मन्त्रालय जति बलियो हुन्छ त्यति नै नेपालको राष्ट्रियता प्रवद्र्धनमा बल पुग्छ भन्दै सम्पूर्ण कर्मचारीले राष्ट्रिय स्वार्थमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उपप्रधान मन्त्री महरालाई उक्त मन्त्रालयका कर्मचारीले स्वागत गरेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण