बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनको ७२ घन्टा अगाडी सीमा बन्द गरिने

बिहीबार, २५ जेठ २०७४, ११ : ०५
बिहीबार, २५ जेठ २०७४
महोत्तरी, जेठ २५–दोस्रो चरणको निर्वाचन (असार १४) हुने दिन भन्दा ७२ घन्टा अगाडी सीमा बन्द गरिने जिल्ला प्रसासन कार्यालय महोत्तरीले जनाएको छ । इन्डो नेपाल वोर्डर सेक्युरिटीको महोत्तरीको बर्दिवासमा मंगलवार भएको वैठकपछि संचारकर्मीहरुलाई सो वताईएको हो । नेपालको महोत्तरी,सर्लाही र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी त्रय तथा सुरक्षा निकाय प्रमुख तथा भारत सितामढीका डिएम,एसपि,एसएसबी प्रमुख सम्मिलित वोर्डर वैठकमा सीमा क्षेत्रमा निर्वाचनको समयमा हुन सक्ने सम्भावित हातहतियार ओसार पसार तथा अन्य सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै वोर्डर बन्द गरिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले जनाए । उनले सीमा सुरक्षा सम्बन्धी अन्य विषयमा समेत गहन छलफल भएको बताउदै वोर्डरमा नेपाल र भारत दुवै तर्फ सुरक्षा चेकजाच कडा पारिने बताए । भारतसंगको खुल्ला सीमाले गर्दा सुरक्षा चुनौती अध्यधिक भएपनि दुवै देशका सुरक्षा दस्ताले सो चुनौती समेत सफलता पुर्वक पुरा गर्ने उनले बताए । हाल महोत्तरीबाट जारी गरिएको ३३२ वैद्य हतियार मध्ये ४५ फिर्ता भएकोमा थप हतियार फिर्ताको लागि समेत स्थानिय प्रसासनले कार्य थालेको छ । उनले सीमा सुरक्षाकै क्रममा दुवै देशका सुरक्षा दस्ताले संयुक्त पेट्रोलिंग गर्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप