बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पोखराकी काली’ मा जोडिए गजित र निशा

बिहीबार, २५ जेठ २०७४, ११ : ०८
बिहीबार, २५ जेठ २०७४

काठमाडौं, जेठ २५ –अभिनेत्री निशा अधिकारी र गजित बिष्टको अभिनय रहने चलचित्र ‘पोखराकी काली’को हाल चितवन आसपासका स्थानमा छायाँकन भइरहेको छ । ‘मायाज बार’ पछि एकसाथ अभिनय नगरेका उनीहरु फेरी एकै चलचित्रमा देखिन लागेका हुन् ।

बिमल पौडेलको लेखन तथा निर्देशन रहेको ‘पोखराकी काली’  फुल कमेडी जनरामा निर्माण हुन लागेको चलचित्र हो । चलचित्रमा निशा र गजितको अलवा सरोज खनाल, लय संगौला, सुबास गजुरेल, सुरबीर पण्डित, मनोज श्रेष्ठ, बिरेन डिसी, पुष्प आचार्य, गणेश गिरी ,सुसान्त श्रेष्ठ, प्रतिमा अधिकारी, प्रेम श्रेष्ठ लगायतको अभिनय रहनेछ ।

रेड हाउसको ब्यानरमा निर्माण थालिएको चलचित्र डास्पिनाकी विश्वास (अमित )को लगानी रहनेछ । चलचित्र कस्टिंग निर्देशक रबि अधिकारी रहेका छन् । चालिस दिनको छायाँकन तालिका बनाएर चलचित्र फ्लोरमा निस्किएको निर्देशन बिमल पौडेलले बताए ।

बिपिन आचार्यको संगीत, कमल राईको नूत्य, लक्ष्मण घिमिरेको छायाँकन रहने चलचित्रमा द्वन्द्व रवि बराली र प्रकाश कर्माचार्यको राखिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप