बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नबिल बैंक र ब्रिटिस काउन्सिलबीच सम्झौता

बिहीबार, २५ जेठ २०७४, ११ : २९
बिहीबार, २५ जेठ २०७४
काठमाडौं, जेठ २५–नबिल बैंक र ब्रिटिस काउन्सिलले आइऐएलटिएस लगायत विभिन्न टेस्ट परीक्षाको शुल्क संकलन सहजिकरण गर्ने सम्झौता गरेका छन । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोसी र ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले सम्झौतामा हस्ताक्षर गरेका हुन् । साझेदारीको माध्यमबाट ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने परीक्षामा सहभागि हुने बिद्याार्र्थीले तिर्नुपर्ने शुल्क नबिल बैंक लिमिटेडका तोकिएका निश्चित शाखावाट बुझाउन सक्ने जनाइएको छ । बैंकले यो सेवा काठमाडौं उपत्यका बाहिरका शाखा बुटवल, बिराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, विर्तामोड, पोखराबाट असार १ गतेदेखि र काठमाडौं उपत्यकामा रहेका ९ वटा शाखा तिनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँ बानेश्वर, कान्तिपथ, बालाजु, चाबहिलबाट असार ४ गते देखीबाट सञ्चालन हुने जनाएको छ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले आइऐएलटिएस लगायत अन्य टेष्टको शुल्क संकलन गर्न ब्रिटिस काउन्सिलसँग साझेदारी गर्न पाउँदा खुशी महशुस गरेको वताए । ब्रटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले साझेदारको रुपमा यस बैंकलाई रोजेको र बैंकबाट सुने अनुसारकै गुणस्तरीय ब्यवसायिक सेवा प्राप्त गर्ने अपेक्षा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप