बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नारायणघाटमा रियल स्कूल अफ नेपाल

बिहीबार, २५ जेठ २०७४, ११ : ३१
बिहीबार, २५ जेठ २०७४
काठमाडौं, जेठ २५–रियल स्कूल अफ नेपाल २०१७ अन्तर्गत दोस्रो क्षेत्रीय फाइनल मध्यमाञ्चलको नारायणघाटमा सम्पन्न भएको छ । प्रतियोगिताबाट विजयी विद्यालय सैनिक आवसिय महाविद्यालय घोषित भएको छ । विजयी विद्यालयका सहभागी विद्यार्थी पल्लभी पौडेल, अस्मिता राना मगर, राजिभ महतो, प्रयंका ठाडा मगर, आयुष श्रेष्ठ र राजन पराजुली छन् । विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सिनियर समुह र जुनियर समुहका क्रियाकलापको विजेताहरुमा सिनियर समुहवाटः एक्सटेम्पोरमा आस्था ढकाल, गुरुकुल स्कूल, डान्समा सुभांगी गिरी स्मल हेभन स्कूल र फुटबल जगलिङमा विधान गुरुङ्ग नारायणी इङ्गलिस पब्लिक माध्यमिक स्कूल रहेका छन् । जुनियर समुहवाट ःपेन्टिङमा अभिषेक श्रेष्ठ स्काइराइडर माध्यमिक स्कूल, (थ्री) ३ मिनेट टु फेममा आर्यन राणा मगर ग्रिनल्यान्ड पब्लिक स्कूल र स्कोर द रियल गोलमा राजन पराजुली, सैनिक आवसिय महाविद्यालय रहेको आयोजक रियलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप