माओवादी मन्त्री छनोटमा नारायणकाजीको असन्तुष्टि,सामाजिक सञ्जालमा पोखे आक्रोश
काठमाडौं, जेठ २५– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीले गरेको मन्त्री छनोटमा असन्तुष्टि जनाएका छन् । पार्टीका विभिन्न निर्णयहरुमा असन्तुष्टि सार्वजनिक गर्दै आएका प्रकाशले सोहि श्रृङ्खलालाई दोहोर्याउँदै सामाजिक सञ्जालमार्फत आफ्नो विमती बाहिर ल्याएका हुन् । उनले पार्टीले राजनीतिलाई सत्ताको फोहारी खेल बनाएको आरोप लगाउँदै बलिदान र परिवर्तनको कुनै अर्थ नरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘राजनीतिलाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिबर्तनको के अर्थ ?अनि हामी राजनीतिमा रहिरहनु को पनि के अर्थ रहन्छ र ? बदलौ। माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दशन शर्मा र प्रभू शाहलाई पठाएको थियो ।
राजनीति लाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिबर्तनको के अर्थ?अनि हामी राजनीतिमा रहिरहनु को पनि के अर्थ रहन्छ र? बदलौ।
— NKShresthaPrakash (@nksthaprakash) June 7, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण