बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालगञ्जमा हुण्डाईको एक्सचेन्ज मेला

बिहीबार, २५ जेठ २०७४, ११ : ४९
बिहीबार, २५ जेठ २०७४
काठमाडौं, जेठ २५–नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अन्तर्गत नेपालगञ्ज स्थित हिम अटो डिस्ट्युविटरले तीन दिने हुण्डाई एक्सचेन्ज कार्यक्रम सुरु गरेको छ । कम्पनीले जेठ २४ गतेदेखि जेठ २६ गतेसम्म यो कार्यक्रम सञ्चालन गर्ने भएको हो । एक्सचेन्ज योजना हुण्डाई व्राण्डका सबै मोडलमा लागु हुने कम्पनीले जनाएको छ । ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने हिम अटो डिस्ट्युवेटरले जनाएको छ । यस एक्सचेन्जसँगै ग्राहक सामु नगद छुट, स्पोर्ट एक्सचेन्ज तथा भ्यालुएशन र एक्सचेन्ज वोनस हरेक गाडिको बिक्री सँगै प्रदान गर्ने कम्पनीले जनाएको छ । यस कार्यक्रममा एक्सचेन्जका अलवा टेस्ट ड्राइभ र वीन समेत हुनेछन् । कार्यक्रममा एक भाग्यसाली ग्राहकलाई कुल प्याडको कुल १ स्मार्ट फोन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप