सर्पदंशका बिरामी बढे
बिहीबार, २५ जेठ २०७४, १२ : १०
गौशाला, जेठ २५- पटक पटकको वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशका बिरामी अत्यधिक बढेका छन् ।
महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १०÷१२ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको उपचारमा संलग्न चिकित्सक विनोद राउतले बताउनुभयो । गर्मी र वर्षायामअघि कहिलेकाहीँ फाटफुट रुपमा सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका थिए ।
जलेश्वर अस्पतालमा आउने सर्पदंशका बिरामीमध्ये अधिकांशलाई विषरहित सर्पले टोकेको हुन्छ भने धेरैलाई तराईमा पर्याप्त मात्रामा पाइने विषालु करैत सर्पले टोकेको आउने गरेका छन् । तर कोही गोमन र अन्य विषालु सर्पले टोकेका बिरामी पनि आउने गरेको चिकित्सक राउतले बताए ।
सर्पदंशको बिरामीलाई उपचार गर्ने क्रममा एउटा बिरामीलाई पाँच÷सातदेखि १०/१२ र कसै कसैलाई विषको मात्राका आधारमा बढीमा ३०/४० भाइल एन्टिस्नेक भेनम नामक सर्पदंश विरुद्धको औषधि दिनु परेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।
अहिले जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीलाई लगाउने एन्टिस्नेक भेनम पर्याप्त मात्रामा रहेको र समयमै अस्पतालमा आइपुग्ने बिरामी कोही पनि सर्पदंशका कारण मर्न नसक्ने अवस्था रहेको अस्पताल प्रमुख डा नागेश्वर यादवले बताए । तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरी जिल्लाको विभिन्न गाउँठाउँबाट सर्पले टोकेको बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण