चार्ल्स शोभराजको रोग बल्झियोः पेरिस जाने इच्छा; भन्छन्, ‘बाँच्ने नबाँच्ने ठेगान छैन’
एजेन्सी
जेठ २५ – बिकिनी किलरको नामले कुख्यात सिरियल किलर चार्ल्स शोभराजलाई हृदयरोगको उपचारको लागि शनिबार शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लैजाने भएको छ । उनको त्यहाँ ओपन हार्ट सर्जरी हुने भएको छ । स्मरण रहोस्, सन् २००३ मा एक क्यासिनोमा पक्राउ परेपछि ७३ वर्षीय शोभराज अहिले नेपालको जेलमा कैद छन् ।
इन्डियन एक्सप्रेससँगको टेलिफोन वार्तामा शोभराजले आफ्नो रोगको उपचार काठमाडौंमा नभई पेरिसमा गराउन चाहेको बताएका छन् । नेपालमा आफ्नो शल्यक्रिया जोखिमले भरिएको हुँदा फ्रान्समा गराउन चाहेको उनले बताएका छन् । यसका साथै, शोभराजले जेलमा थुप्रै पटक ज्यानै मार्ने धम्की पाइसकेको हुनाले आफू रोगबाट र धम्कीबाट बाँच्ने नबाँच्ने कुरामा पनि ढुक्क नभएको उनले बताएका छन् । उनले भने, ‘नेपालमा ओपन हर्ट सर्जरी गर्दाको जोखिम ३ देखि ५ प्रतिशत छ भने फ्रान्समा १ प्रतिशत मात्र छ । तर यहाँका डाक्टरले छिटोभन्दा छिटो शल्यक्रिया गर्नुपर्ने बताएको हुनाले म यी सबै कुरामा डर लागिरहेको छ ।’
आफ्नो स्थितीबारे विस्तृत रुपमा जानकारी दिँदै शोभराजले साथीहरुमार्फत आफ्नो मेडिकल फाइल फ्रान्स र बेलायतका डाक्टरहरुलाई देखाएको जानकारी दिए । ‘तर काठमाडौंको जेलबाट सन् २०१६ को अन्त्यमा म जेलमुक्त हुन्छु भन्ने सोचेको थिएँ । म जेलमा रहँदासम्म जेलका अधिकारीले कुनै अप्रिय घटना नहोस् भन्ने चाहन्थे ।’ ‘सर्वोच्च अदालतमा भएको पछिल्लो सुनुवाईमा म विरुद्ध मुद्दा दायर गर्नेले म नेपालमा नै मरेको हेर्न चाहेको भनी धम्क्याए त्यसकारण मैले फ्रान्सको दूतावासमा पत्राचार गरेको छु । नेपाल सरकारले ममाथि अस्पतालमा पूर्ण सुरक्षा प्रदान गर्ने आश्वासन दिएको फ्रान्सेली दूतावासले मलाई जानकारी दिएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण