ई–लाइब्रेरी खोल्न दुई लाखको चेक हस्तान्तरण
वीरगञ्ज, जेठ २५– जन ज्योती उच्च माध्यमिक विद्यालय तनहुँ हिमादबाट २०४४ सालमा एसएलसी दिने समुहका विद्यार्थीले छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठानलाई दुई लाखको चेक हस्तान्तरण गरेका छन् । समाज उत्थानका लागि सामाजिक, शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आएको संस्था छोरी मैया स्मृति प्रतिष्ठानी प्रमुख सुजाता श्रेष्ठलाई २०४४ एसएलसी समुहका तर्फबाट संयोजक निर्मला श्रेष्ठ र राम कृष्ण राणाले दुई लाखको सो चेक हस्तान्तरण गरेका हुन् । समुहका १८ जना विद्यार्थी रामकृष्ण राणाले ३५ हजार, निमेश (राम) थापाले ३० हजार, दानु राना र काजी रानाले २५ हजार, सुजाता श्रेष्ठले १५ हजार, गीरी उचाईले १० हजार, निर्मला श्रेष्ठले सात हजार सहयोग राशी प्रदान गरेका छन् । सरिता श्रेष्ठ, सरिना थापा, पशुपति मल्ल, सरस्वती पाण्डे, चन्द्रा श्रेष्ठ, कृष्ण भक्त पालीखे, जमुना भण्डारी, राजेश खनाल, नगेन्द्र सुवेदी र मशेन्द्र सुवेदीले जनही पाँच हजारको दरले दिएका छन् । सोमराज सुवेदीले तीन हजार नगद प्रदान गरी संकलित दुई लाख रकमको चेक प्रदान गरेको प्रतिष्ठानकी प्रमुख सुजाता श्रेष्ठले जानकारी दिइन् । प्रतिष्ठानले पाएको सो रकमबाट तनहुँ जिल्लाकै कुनै विद्यालयमा इ–लाइब्रेरी खोल्ने योजना रहेको प्रमुख श्रेष्ठले बताइन् । छोरी माया प्रतिष्ठानले विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा काम गर्ने सिलसिलामा तनहुँ र धादिङ जिल्लाका विभिन्न १० वटा विद्यालयका करिब चार सय जना विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री लागयत प्रदान गरी सहयोग गरिसकेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने अध्यक्ष श्रेष्ठले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण