राजधानीबाटै ‘लाउरे’को छायाँकन
काठमाडौं, जेठ २५ – पुर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ र गायक नरेन लिम्बुको रोमान्स रहने चलचत्रि ‘लाउरे’को छायाँकन सुरु भएको छ ।
केही दिन पहिले कमलादीस्थित गणेश मन्दिरमा बिधिवत रुपमा पुजा गर्दै शुभसाइत गरिएको चलचित्रको छायाँकन आज बिहिबार राजधानीबाट सुरु भएको निर्माता सुनिल रावलले जानकारी दिए । दुर्गिश फिल्मस्को व्यानरमा बन्ने चलचित्र ‘लाउरे’मा श्रृष्टि श्रेष्ठ र आस्था व्याण्डका, कृष्णा शाही, विक्रम सिंह, मेरुना मगरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
निगम श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र सुनिल रावलले निर्माण गर्न लागेका हुन् । उनलाई निर्माणमा जापानमा व्यवसाय गर्दै आइरहेका सुवास लामिछाने, ईश्वर श्रेष्ठ र भेषमणि श्रेष्ठ ले सघाउदै छन् ।
काठमाडौं, धरान र दाजर्लिङमा खिचिने चलचित्र २१ जेठबाट छायाँकनका लागि फ्लोरमा निस्कनेछ । चलचित्रमा जेशन कुँवर (नाइट व्याण्ड)को संगीत रहनेछ ।
निर्माता सुनिल रावलले लाउरे मार्फत पनि दर्शकलाई उत्कृष्ट चलचित्र दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण