बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अशिस्माले गरिन् यस्तो बबाल

बिहीबार, २५ जेठ २०७४, १२ : ४६
बिहीबार, २५ जेठ २०७४

काठमाडौं, जेठ २५ –अभिनेत्री अशिस्मा नकर्मी ‘बबाल होला जस्तो..’ भन्दै देखिएकी छन् । कोका कोला फिगर भन्दै चलचित्र अर्धकट्टीमा देखिएकी नकर्मी गायिका जशोदा सुब्बाको आइट गीत ‘बबमाल होला जस्तो ’अभिनयमा बबाल नृत्य सहित देखिएकी हुन् । यो आइट गीत जति राम्रो छ । यसको भिडियो पनि त्यस्तै आकर्षक बनेको छ । कोरस सहित निर्माण गरिएको भिडियोमा नकर्मीलाई दीलिप ओखराले साथ दिएका छन् । आधुनिक तथा पप गायनमा बेग्लै पहिचान बनाएकी जशोदाले बबाल होला जस्तो गीत फाष्ट बिटमा ल्याएकी छन् । गीतको भिडियो पनि बबालै बनेको छ । राजधानीमा एक समारोहबीच भिडियो सार्वजनिक गरिएको थियो । युट्युवमा ल्याइएको भिडियोले छिट्टै नै ९० हजार बढि दर्शक पाएको छ । एक दशकभन्दा बढि गायनमा बिताइसकेकी गायिका जशोदाको यो आइटम गीतको भिडियो राजधानीको एक डिस्कोमा छायाँकन गरिएको हो । भिडियो दीलिप अखेराले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

https://youtu.be/8n3MwGz39zI

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप