कलाकारले गरे बोर्न क्यान्सरपीडित बालकलाई ३ लाख ५५ हजार सहयोग
काठमाडौं, जेठ २५ - कलाकार तथा समाजसेवी युवाहरुको संस्था हिलिहाङ हाक्पारे पालम सयङले बोर्न क्यान्सरपीडित ६ वर्षीय सलोन चेम्जोङ लिम्बूका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग रकम ३ लाख ५५ हजार ५ सय रुपैया एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित कार्यक्रममा संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनलाई सयङकी अध्यक्ष रुपा आङबुहाङले सहयोग रकम हस्तान्तरण गरेकी थिइन् ।
सलोनको उपचारका लागि हङकङ, युके, इजरायल, मलेसिया, कतार, कुबेतलगायतका मुलुकमा रहेका नेपालीले सो रकम जुटाएको हो । झापाका ६ वर्षीय सलोनलाई बोर्न क्यान्सर भएको थाहा पाएपछि उपचारका लागि उक्त रकम उठाएको जानकारी सयङका महासचिव सैलेन्द्र थेबेले जानकारी गराए । विमारी सलोनको अहिले भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, सहयोग हस्तान्तरण कार्यक्रममै युकेबाट आएका भीमकुमार थेबेले ५ हजार र ओम कुरुम्भङले ५ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए । ती सबै गरी ३ लाख ५५ हजार ५ सय रुपैयाँ सलोनको उपचार सहयोग जुटेको सयङकी अध्यक्ष रुपाले बताइन् ।
हिलिहाङ हाक्पारे पालम सयङको हालै नवगठित कार्य समितिले उक्त सहयोग रकम हस्तान्तरण गर्दै आफ्नो नियमित कार्यको सुरुवात गरेको हो । लिम्बू कला संस्कृतिको जर्गेना र विभिन्न सामाजिक सेवा गर्ने उद्देश्यले सयङ गठन गरिएको हो ।
नयाँ कार्यसमितिमा लोकेन साँवा र निशा लिम्बू पोमु उपाध्यक्ष, सैलेन्द्र थेबे महासचिव, मेरिना चेम्जोङ र लक्ष्मी योङहाङ सचिव, तथा सुरेश वनेम कोषाध्यक्ष रहेका छन् । त्यस्तै, सदस्यहरुमा दीपा सुहाङ, सागर खजुम, पदम राई, स्नेहा वनेम, विन्जु चेम्जोङ, मेरिना तुम्सा, सिर्जना निङ्लेखु, निर्मल लिम्बु, केशर निङलेखु, संगीता सुहाङ, रिना लिबाङ, मञ्जु थेबे र सुनिता थेगिम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण