माओवादीले तीन मन्त्री छान्दा बाबुरामले गरे प्रशंशा !
काठमाडौं, जेठ २५–नेकपा माओवादी केन्द्रले चयन गरेको मन्त्रीको विषयलाई लिएर नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रशंशा गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले नेताहरु कृष्ण बहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहलाई मन्त्री बनाउने निर्णय गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएको थियो । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस पटक माकेले मन्त्रीहरूको चयन राम्रैसंग गरेछ ! महरा, जनार्दन र प्रभुलाई हार्दिक वधाइ तथा सफलताको शुभकामना ! साथै नेकाका मन्त्रीहरूलाई पनि !’ पछिल्लो समय माओवादी केन्द्रकाे आलोचकका रुपमा प्रस्तुत हुँदै अाएका भट्टराईले मन्त्री चयनको विषयमा माओवादीको प्रशंशा गरिरहँदा पार्टीभित्रकै नेता नारायणकाजी श्रेष्ठले भने मन्त्री चयनमा असन्तुष्टि जनाएका छन् ।
यस पटक माकेले मन्त्रीहरूको चयन राम्रैसंग गरेछ! महरा, जनार्दन र प्रभुलाई हार्दिक वधाइ तथा सफलताको शुभकामना! साथै नेकाका मन्त्रीहरूलाई पनि!
— Baburam Bhattarai (@brb1954) June 7, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण