तेह्रथुमको म्याङगलुङमा उपमेयर बन्ने दौडमा गड्तौला
तेह्रथुम, जेठ २५ –स्थानीय तहको दोश्रो चरणको निर्वाचन नजिकिदै जाँदा ४६१ स्थानीय तहमा विभिन्न राजनीतिक दलहरु आफ्ना चुनावी एजेण्डासहित मत माग्न व्यस्त छन् । तेह्रथुमको म्याङ्गलुङ्ग नगरपालिकामा पनि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिने क्रम जारी छ । म्याग्लुङमा अहिलेसम्म प्रमुख दलले मेयर पदमा उम्मेदवारी घोषणा गरेपनि उपमेयरमा भने कुनैपनि राजनीतिक दलले उम्मेदवारी दिइनसक्दा स्वतन्त्र उम्मेदवार विष्णुगोपाल गड्तौलाले भने उपमेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले उम्मेदवारी दिने घोषणासहित घोषणापत्र नै बनाएका छन् । गड्तौलाको उम्मेदवारी प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका लागि भने टाउँको दुखाइको विषय बनेको छ । विगतदेखि नै स्थानीयस्तरमा सामाजिक र विकास निर्माणका क्रममा अग्रपंक्तिमा देखिने गडतौलाको उम्मेदवारीलाई नगरपालिकाका जनताले विशेष चासोका साथ हेरेका छन् भने राजनैतिक शक्तिहरुमासमेत पनि तरंग पैदा भएको छ । गडतौलाले राजनीतिक दलले भाषणमात्र गर्ने काम नगर्ने परिपाटी बसालेकाले आफुले काम गरेर देखाउन उम्मेदवारी दिन लागेको बताएका छन् । ११ हजार २ सय ४९ मतदाता रहेको म्याङगलुङमा मेयरमा नेपाली कांग्रेस, एमाले र माओवादीले क्रमश रानाबहादुर लिम्बु, सन्जय तुम्बाहाम्फे र नेत्रबहादुर सोडेम्बालाई उम्मेदवार बनाउने पक्का भएको छ । तर, तीनै पार्टीले अहिलेसम्म उपमेयरको टुङगो लगाएका छैनन । यता, उपमेयरका स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका गडतौलाले नगर विकासका लागि २६ बुँदे घोषणापत्र बनाएर चुनावी अभियानमा सक्रिय हुने बताएका छन् । उनले गाउँ तथा नगरको संस्थागत विकासका साथै नगरबासीहरुको समृद्धिका निम्ति राजनीतिक दलहरुको भागबण्डाको अन्त्य गर्ने आफ्नो प्रमुख चुनावी एजेण्डा रहने बताएका छन् । १० वटा वडा रहेको म्याङ्गलुङ्ग नगरपालिकाका १० वटै वडाको बृहत्तर विकासका लागि रुपाखोला देखि म्याङ्गलुङ्ग सम्मको खानेपानी, पक्कि सडक, भएका स्वास्थ्य चौकीलाई यथावत राख्दै अन्य वडाहरुमा स्वास्थ्य चौकी स्थापना, एम्बुलेन्स सेवा, जिल्ला अस्पताललाई ५० शैयाको वनाई विशेषज्ञ डाक्टरको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै कृषिको व्यवसायिक विकासकालागि प्रत्येक वडामा कम्तिमा एउटा नमुना कृषि फार्मको स्थापना, ३० रोपनी भन्दा माथि आपैm खेती गर्ने ब्यवसायिक कृषकहरुलाई निशुल्क हाते ट्याक्टर उपलब्ध गराउने व्यवस्था गर्ने जनाएका छन् । उनले आफुले जितेमा नगरपालिका भित्रका नागरिकहरुको क्षमता, दक्षता, योग्यता हेरी तथा नगरपालिकाको साधन श्रोत र स्थानको सम्भाभ्यता अध्ययन गरि हेरी एकघर एक रोजगारी उपलब्ध गर्ने योजना रहेको बताएका छन् ।
नगरबासीहरुका काममा अहोरात्र खट्ने र कानुनको बिद्यार्थी भएका कारण संविधानले उपमेयरका लागि प्राप्त कामको कुशलतासाथ सम्पन्न गर्दै अन्यायमा परेकालाई न्याय प्रदान गर्ने कुरा गड्तौलाले घोषणापत्रमा उल्लेख गर्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण