बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसलाई उम्मेदवार टुङगो लगाउन सकस, सानेपा बैठक निष्कर्षविहीन

बिहीबार, २५ जेठ २०७४, १३ : १६
बिहीबार, २५ जेठ २०७४

काठमाडौं, जेठ २५ –उम्मेदवार चयनमा विवाद भएका स्थानीय तहमा उम्मेदवार छनोट गर्न बसेको कांग्रेस बैठक विना निश्कर्ष सकिएको छ ।

त्यस्तै मन्त्रिमण्डलमा सहभागि हुने नामको टुङगो लगाउन पनि नसकेको कांग्रेस नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले उम्मेदवारमा आ– आफ्ना मान्छे हुनैपर्ने अडान राखेपछि बिहीबार बिहानको बैठक निवानिश्कर्ष सकिएको कांग्रेस नेताहरुले बताएका छन् ।

बैठकपछि नेता विमलेन्द्र निधीले कांग्रेसभित्र मन्त्री र उम्मेदवार छनोटमा कुनै विवाद नभएको प्रतिकृया दिए ।

उनले दुवै विषयमा छलफल जारी रहेको भन्दै छिटटै टुगिंने बताए । बैठक आजै बेलुका पुन बस्ने गरी सकिएको बताइएको छ ।

निर्वाचन हुन बाँकी महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवारको टुङगो लगाउन प्रधानमन्त्री तथा सभापति शेरवहादुर देउवाले बैठक बोलाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप