तरकारीखेतीबाट मनग्य आम्दानी
भीमदत्तनगर, जेठ २५– धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गालेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ऐरले विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली छाडेर तरकारीखेती गर्दै आएका छन् । उनले उत्पादन गरेको तरकारी स्थानीय बजार र भीमदत्तनगरको मण्डीमा खपत हुन्छ ।
“मैले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीसम्म पुग्छ,” उनले भने । हाल उनले दुई बिगाहा खेतमा गोलभेँडामात्रै फलाएका छन् । अन्नबाली भन्दा तरकारीखेतीबाट मनग्य आम्दानी गरेको उनी बताउँछन् ।
“तरकारीखेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुन्छ,” ऐरले भने । बाह्रैमास तरकारी उत्पादनमा जुटेका ऐरले तरकारी रोप्ने बेलामा ६० देखि ८० जना मजदुरलाई रोजगारी दिँदै आएका छन् । सुरुवातमा एक बिगाहाबाट तरकारीखेती सुरु गर्नुभएका एरेलाई अहिले तरकारी बिक्री गर्न कुनै समस्या छैन ।
“उचित समयमा बीउबिजन पाउन समस्या छ,” ऐरले भने । तरकारीखेतीका लागि विभिन्न कृषिविज्ञसित परामर्श गर्ने गरेको उनको भनाइ छ । उनले उत्पादन गरेको तरकारी बुटवल, नेपालगन्ज, काठमाडौँदेखि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा समेत खपत हुने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयले समेत तरकारी उत्पादनका लागि सामग्री उपलब्ध गराउँदै आएको छ । धान, गहुँभन्दा तरकारीखेतीमै श्रम गरे बिदेशिनु नपर्ने ऐर बताउँछन् । सरकारले तरकारीखेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएका किसानलाई आवश्यक सहयोग गर्नुपर्ने उनको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण