पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त
बिहीबार, २५ जेठ २०७४, १३ : ५५
विराटनगर, जेठ २५– पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध रहेको छ ।
विगत केही वर्षदेखि यस क्षेत्रमा रासायनिक मलको अभाव नभएको र यस वर्ष पनि मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ ।
पूर्वाञ्चलका विभिन्न जिल्लामा तीन हजार २६५ मेट्रिक टन युरिया, चार हजार ६०० मेट्रिक टन डिएपी, दुई हजार ५२८ मेट्रिक टन पोटास तथा १६७ मेट्रिक टन कृषिचुन मौज्दात छ ।
सोअन्तर्गत मोरङमा दुई हजार २२९ मेट्रिक टन, दुई हजार ३७ मेट्रिक टन डिएपी, एक हजार ४७४ मेट्रिक टन पोटास र ३० मेट्रिक टन कृषिचुन मौज्दात रहेको कार्यालय प्रमुख गोविन्दप्रसाद पराजुलीले जानकारी दिए ।
किसानलाई मलको अभाव हुन नदिन थप सात हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी दुई सातापछि विराटनगर आइपुग्नेउनले बताए । मोरङमा गत वर्ष रोपाइँको समयमा तीन हजार ८६८ मेट्रिक टन युरिया र एक हजार ८०० मेट्रिक टन डिएपी कार्यालयले वितरण गरेको थियो ।
रासायनिक मलको कारोबार गरिरहेका साल्ट ट्रेडिङ लिमिटेड विराटनगरका प्रमुख नवीनचन्द्र झाले ७० हजार बोरा युरिया र ८५ हजार बोरा डिएपी मौज्दात रहेको बताए । यी दुवै कार्यालयले झापा, मोरङ, सुनसरी, सप्तरी, इलाम, सिरहा, धनकुटा, उदयपुरका डिपोमा रासायनिक मल उपलब्ध गराउँदै आएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण