पुल निर्माण नहुँदा स्थानीयवासी आक्रोशित
बिहीबार, २५ जेठ २०७४, १३ : ५७
पाल्पा, जेठ २५– मैदी खोलामा निर्माणाधीन पक्की पुल निर्माण नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् ।
तीन वर्ष अगाडिदेखि काम सुरु गरिए पनि कामले तीव्र रुपमा गति लिन नसकेपछि स्थानीयवासी आक्रोशित बनेका हुन् ।
गजरकोट र साँखर जोड्ने यस मैदी खोलामा पुल निर्माणका लागि निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी २०७१ साल जेठबाट पुल निर्माण कार्य सुरु गरेको हो । साढे ३७ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ रहेको मोटरेवल पुल १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिएर काम सुरु गरेको हो ।
सडक डिभिजन कार्यालय पोखराको रु तीन करोडको लागतमा निर्माणाधीन यस मोटरेवल पुल २०७२ को मङ्सिरमै सम्पन्न गर्नुपर्ने योजना रहे पनि काममा ढिलासुस्तीका कारण पुनः २०७३ असार मसान्तसम्म सम्पन्न गर्ने गरी म्याद थपिए पनि सो समय अवधिभित्र पुल निर्माण सम्पन्न हुन सकेको छैन ।
पुनः म्याद थप गरी २०७३ माघभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाए पनि पुल निर्माणको काम भने कछुवाकै गतिमा रह्यो । विसं २०७४ जेठ मसान्तसम्म पुल निर्माण कार्य सम्पन्न गर्ने गरी पुनः सम्झौता गरी काम सञ्चालन गरिए पनि निर्माण कार्यले गति लिन सकेन । केही समय अगाडि खोलामा आएको वर्षासहितको पानीले पुल निर्माणका लागि खोलामा बनाइएको ड्याम फुटेर निर्माण कार्यमा ठूलो नोक्सान पु¥याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण