हाइप्रोफाइल सेक्स र्याकेट: पक्राउ परेकी युवतीले भनिन्, ‘म बलिउड निर्देशककी छोरी हुँ’
एजेन्सी
जेठ २५ – मुम्बईको वासी इलाकामा एक हाइप्रोफाइल सेक्स र्याकेटको पर्दाफास भएको छ । वासी रेलवे स्टेशननजिकै एक भवनमा पुलिसले तीन महिला महिला शकिला शेख, पुष्पलता र मार्गेटलाई पक्राउ गरेको छ जसले १६, १९ र २५ वर्षका तीन महिलासँग देह व्यापार गराइरहेका थिए । यीमध्ये एक युवतीले आफूलाई बलिउडका एक निर्देशककी छोरी बताएकी छिन् ।
युवतीमध्ये एक १० कक्षामा पढ्ने र अर्की विधवाः
पुलिसले महिलाको चंगुलबाट जुन तीन महिलालाई मुक्त गराएका छन् तीमध्ये १६ वर्षकी किशोरी १० कक्षामा पढ्छिन् भने २५ वर्षकी युवती विधवा हुन् । यस्तै, १९ वर्षीयाले आफूलाई बलिउड निर्देशककी छोरी भएको र केही दिन अघि मात्र इन्गेजमेन्ट भएको बताएकी छिन् ।
१० कक्षामा पढ्ने किशोरीलाई विश्वास गर्ने हो भने उनलाई उनकै आमाले देह व्यापारमा धकेलेकी हुन् ।
दलालमार्फत गर्दथे ग्राहकको खोजः
पुलिसलाई प्राप्त जानकारी अनुसार ती तीन महिलाले फ्ल्याट भाडामा लिएकी थिइन् र दलालमार्फत ग्राहकको खोजी गर्दथे । केही दिन अघि पुलिसले यसबारे जानकारी पाएको थियो । त्यसपछि जालो बिछ्याएर महिलालाई पक्राउ गरियो र महिलालाई त्यहाँबाट मुक्त गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण