बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्रान्तिकारीकी बन्धु चन्द पक्राउ, रिहाईको माग

बिहीबार, २५ जेठ २०७४, १४ : २१
बिहीबार, २५ जेठ २०७४

काठमाडौ, जेठ २५ – अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दलाई प्रहरी पक्राउ गरेको छ । उनलाई जेठ २४ गते प्युठानबाट पक्राउ गरिएको महासचिव धीरेन्द्रा उपाध्ययले विज्ञप्तिमार्फत जनाएकी छन् ।

महासचिव उपाध्यायले बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष बन्धु चन्द संगठनात्मक कामको सिलसिलामा प्यूठानमा सामान्य छलफलमा बसिरहेकै बेला अध्यक्ष लगायत ११ जनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय प्युठानको हिरासतमा राखिएको जनाएकी छन् ।

त्यस्तै विज्ञप्तिमा लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिकको मौलिक अधिकारलाई समेत गम्भीर उल्लंघन गरी दैशैभरि आफ्ना संगठनका नेता, कार्यकर्ता, समर्थक, सर्वसाधारणलाई समेत पञ्चायती शैलीमा दमन, धरपकड र गिरफ्तार गरिएको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरुलाई तुरुन्त रिहा राज्यविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप