बाल विकाससम्बन्धि सम्मेलन सुरु
बिहीबार, २५ जेठ २०७४, १४ : २२
काठमाडौ, जेठ २५ –नेपालमा ‘बाल स्वास्थ्य र विकास’सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।
बाल स्वास्थ्य र विकासका क्षेत्रका देखिएको समस्या समाधान गर्ने उद्देश्यका साथ ललितपुरमा विहिबारदेखि ‘बाल स्वास्थ्य तथा विकास’ सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा बोल्दै अनुसन्धानकर्ताहरुले बाल स्वास्थ्य र विकास आजको मु्ख्य चुनौति भएको बताएका छन ।
उनीहरुले षोषणको अभावमा बालबालिकाहरुले जोखिमपूर्ण जीवनयापन गर्नु परेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्दै लैजान सम्बन्धित राष्ट्रहरुले विशेष कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन ।
सम्मेलनमा नेपाल, भारत, अमेरिका, बंगलादेश, बेलायत, दक्षिण अफ्रिका लगायतका देशका अनुसन्धानकर्ताहरु सहभागी भएका छन ।
शुक्रबारसम्म चल्ने सम्मेलनले विश्वमै बाल विकासमा देखिएको समस्या र समाधानका उपायहरुबारे खोजी गर्ने विश्वास गरिएको छ । बाल विकासको क्षेत्रमा संलग्न विश्वका विभिन्न शैक्षिक संस्थाहरुको अग्रसरतामा सम्मेलन आयोजना गरिएको हो ।
नेपालमा पनि बालबालिकाहरुको वृद्धि र विकासमा समस्या देखिएपनि त्यसलाई न्यूनिकरण गर्न सरकार गम्भिर भएर लागि नपरेको विभिन्न अध्ययण प्रतिवेदनले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण