वित्तीय क्षेत्रको नीतिगत सुधारका लागि सार्कस्तरीय सम्मेलन काठमाडौमा
बिहीबार, २५ जेठ २०७४, १४ : २४
काठमाडौ, जेठ २५ –वित्तिय क्षेत्रको समष्टिगत नीतिको अनुगमन र नियमनबारे छलफल गर्न राजधानीमा सार्कस्तरीय सम्मेलन सुरु भएको छ । नेपाल राष्ट्रबैकको आयोजनामा भएको बिहीबारबाट सुरु भएको दुई दिने सम्मेलनमा विशेष गरेर सार्क मुलुकमा वित्तिय क्षेत्रको समष्टिगत निति नियमन तथा अनुगमनको अवस्था, मोडल तथा समस्या र चुनौतिका विषयमा छलफल हुने छ ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जिवी नेपालले सार्क फाइनान्समा रहेका देशका प्रतिनिधि विच वित्तिय क्षेत्रको स्थायित्वका लागि आ आफ्नो मुलुकमा अबलम्बन गरिएको समष्टिगत निति नियमन तथा अनुगमनमा हासिल अनुभव साटासाटले यसका चुनौति स्पष्ट पार्दै थप मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।
सन् २००८ मा देखिएको विश्वव्यापी आर्थिक संकटपछि समग्र वित्तिय क्षेत्रको व्यवस्थापनका लागि सरकारी वित्त निति र मौद्रिक नितीले मात्रै संभव नभएको निष्कर्षका साथ समष्टिगत निति अवलम्बन गरिदै आईएको छ । नेपालले सन् २०१० देखि यो निति अवलम्बन गरेको हो ।
शुक्रबार सम्मचल्ने सम्मेलनमा बंगलादेश, भुटान, पाकिस्तान, श्रृलंका, भारत र नेपालका गरि ३० जना सहभागी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण