बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीनवटै चुनाव नभएसम्म बर्तमान गठबन्धन कायम रहन्छ : विमलेन्द्र निधि

बिहीबार, २५ जेठ २०७४, १५ : १०
बिहीबार, २५ जेठ २०७४

काठमाडौं, जेठ २५ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तीन वटै तहको निर्वाचन सम्पन्न नभएसम्म माओवादी केन्द्रसँगको सत्ता गठबन्धन नटुट्ने दावी गरेका छन् ।

कांग्रेस नेता निधिले परिवर्तनलाई संस्थागत गर्न पनि काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्नु परेको पनि स्पष्ट पारे । उनले मन्त्री चयनको विषयमा पार्टी भित्र विवाद नरहेको दावी पनि गरेका छन् ।

विहिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले चाहे अनुसारको व्यक्तिलाई मन्त्री चयन गर्न नेताहरुले चाहानुलाई विवाद भन्न नमिल्ने तर्क गर्दै मन्त्री चयनको विषयलाई लिएर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल असन्तुष्ट रहेको भन्ने समाचारमा सत्यता नरहेको दावी समेत गरे ।

मन्त्री चयनका विषयमा आन्तरिक छलफल भइरहेको र छिट्टै टुंगो लाग्ने नेता निधीको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप