बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राजपा नेपालले आन्दोलनको कार्यक्रम दुई दिन थप्यो

बिहीबार, २५ जेठ २०७४, १८ : ४६
बिहीबार, २५ जेठ २०७४
काठमाडौ जेठ २५– राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले दुई दिन आन्दोलनका कार्यक्रम थप गरेको छ । सरकारले माग पुरा नगरेको भन्दै जेठ १७ गते २५ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । विहीबार आन्दोलनका सम्पूर्ण कार्यक्रम सकिएपछि विहीबार नै विज्ञप्ति जारी गरेर २७ गतेसम्मका लागि आन्दोलन थप गरेको छ । २७ गतेसम्म प्रत्येक गाउँपालिका तथा नगरपालिका, उपमहानगरिपालिका तथा महानगरपालिकाको प्रत्येक वडा तथा बुथमा आन्दोलन परिचालन समिति गठन गर्ने गठबन्धनको कार्यक्रम रहेको छ । जेठ २८ गते बैठक बसि अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने गठबन्धनका संयोजक महन्थ ठाकुरले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप