बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कपिलवस्तुको वाणगंगामा कांग्रेस र माओवादी तालमेल

बिहीबार, २५ जेठ २०७४, १९ : ४९
बिहीबार, २५ जेठ २०७४
कपिलवस्तु, जेठ २५– दोस्रो चरणको निर्वाचन अन्र्तगत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बाणगंगा नगरपालिकामा नेपाली कांग्रेस र माओवादीबीच तालमेल भएको छ । तालमेल अनुसार नेपाली काग्रेसलाई मेयर र माओवादी केन्द्रलाई उपमेयर दिने गरी लिखित सहमति भएको छ । अव मेयरमा नेपाली काग्रेसको तर्फबाट मगंलप्रसाद थारु र उपमेयरमा माओवादी केन्द्रका टोपनारायण बेल्बासे रहेका छन । थारु नेपाली काग्रेसको बाणगगा नगर सभापति हुन भने टोपनारायण बेलबासे माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य हुन् । तालमेलमा बाणगंगामा रहेका ११ वटा वडामध्य वडाअध्यक्ष र सदस्यहरुका लागी भने तालमेल हुन बाँकी रहेको छ । केहि दिनअघि माओवादी केन्द्रले बाणगंगाको मेयरमा बिष्णु बेल्बासेलाई उम्मेदार बनाउने घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप