बजेट साठी अर्ब बचतमा
बिहीबार, २५ जेठ २०७४, २० : १३
काठमाडौँ, जेठ २५ – चालु आर्थिक वर्षको दश महिनासम्ममा नगद प्रवाहमा आधारित बजेट रु ५९ अर्ब ९१ करोड बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु ६४ अर्ब ८२ करोड रहेको थियो ।
समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ४३ दशमलव ७ प्रतिशतले वृद्धि भई रु चार खर्ब ७८ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ८ प्रतिशतले बढेर रु तीन खर्ब ३३ अर्ब १४ करोड पुगेको थियो ।
समीक्षा अवधिमा चालू खर्च ४३ दशमलव २ प्रतिशतले बढेर रु तीन खर्ब ४४ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु दुई खर्ब ४० अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च रु ९० अर्ब २४ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु ४२ अर्ब ९९ करोड भएको थियो ।
समीक्षा अवधिमा सरकारको कुल राजस्व सङ्कलन ३२ दशमलव ६ प्रतिशतले वृद्धि भई रु चार खर्ब ६४ अर्ब ४२ करोडमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ११ दशमलव ९ प्रतिशतले वृद्धि भई रु तीन ५० अर्ब २७ करोड पुगेको थियो ।
मूल्य अभिवृद्धि कर, भन्सार, आय कर, अन्तःशुल्कलगायत शीर्षकमा राजस्व उच्च दरमा बढेकाले सरकारको कुल राजस्व सङ्कलनको वृद्धिदर उच्च रहन गएको हो । स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकाले विसं २०७३ बैशाख मसान्तसम्ममा सरकारको राष्ट्र बैंकमा रु दुई खर्ब ६२ अर्ब ३५ करोड नगद मौज्दात कायम रहेको छ । समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय १० दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १२ दशमलव ३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ दशमलव ९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १६ दशमलव ६ प्रतिशतले बढेको छ ।
उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु १२ अर्ब आठ करोड ८० लाख र निर्यात कर्जा रु ७२ करोड ६० लाख गरी कुल रु १२ अर्ब ८१ करोड ४० लाख पुनरकर्जा उपयोग भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा साधारण पुनरकर्जा रु चार अर्ब ५७ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब १७ करोड गरी जम्मा रु पाँच अर्ब ७४ करोड पुनरकर्जाको उपयोग भएको थियो ।
दश महिनासम्ममा खुला बजार कारोबारमार्फत् रु ६१ अर्ब तरलता प्रवाह भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण