बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राजपा कार्यकर्ताले घेरे प्रहरी कार्यालय

बिहीबार, २५ जेठ २०७४, २० : १७
बिहीबार, २५ जेठ २०७४
कपिलवस्तु, जेठ २५– कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनता पाटी नेपालका कार्यकर्ताहरुले विहीबार वडा प्रहरी कार्यालय घेराउ गरेका छन् । चन्द्रौटामा राजपा नेपालको पूर्व निर्धारित कार्यक्रम अन्तरगत चक्काजाम गर्ने क्रममा प्रहरी र राजपा कार्यकर्ताबीच विवाद भएको थियो । विवाद पश्चात राजपा नेता तथा कार्यकर्ताहरुले वडा प्रहरी कार्यालय चन्द्रौटाकै गइ नारा जुलुस गरेका थिए । मधेशीको अधिकारका लागि राजपाको पूर्व निर्धारित कार्यक्रम अन्तरगत जेठ २५ गते दिउसो १ बजेदेखि ३ बजेसम्म सडक जाम कार्यक्रम तय गरिएको राजपा नेता रविदत्त मिश्राले जानकारी दिए । सो विरोध कार्यक्रममा पूर्वमन्त्री ईश्वर दयाल मिश्रा तथा नेताहरु फरहन अक्बाल खाँ, मोहम्मद मुस्ताफ खाँ, लगायतको उपस्थिति थियो । करिब दुई घण्टा वडा कार्यालयमा विरोध जनाएका राजपाका सयौं कार्यकर्ताहरुले चन्द्रौटा चोकमा पुनः केहीबेर विरोध प्रर्दशन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप