तराईमा चुनावको लहर, नेता कार्यकर्ता भोट माग्दै घरदैलोमा
बिहीबार, २५ जेठ २०७४, २० : ३३
शरद रेग्मी
दाङ, जेठ २५– दोस्रो चरणको स्थानीय तह निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा तराईका जिल्लाहरुमा चुनावको लहर बढेको छ । तराई मधेसका केन्द्र मानिने दाङमा चुनावी रौनक निकै बढेको छ ।
२ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको दाङमा राजनीतिक दलका नेता कार्यकर्ताहरु घरघरमा भोट माग्न पुगेका छन् । प्रमुख दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न कार्यक्रम गर्दै आएका छन् । दाङको तुलसीपुर , घोराही , लमही र गाउँपालिकाहरुमा विहीबार पनि प्रमुख राजनीतिक दलका उम्मेदवारहरु घरदैलो तथा भेटघाट कार्यक्रम गरेका थिए ।
दाङमा नेपाली कांग्रेसले उपमहानगर र नगरपालिकाको प्रमुख, उपप्रमुखको टुंगो नलगाएरै प्रचार थालेको छ, भने नेकपा एमालेले जिल्लाको घोराही उपमहानगरपालिकामा नरुलाल चौधरीलाई प्रमुख र सीता न्यौपानेलाई उपप्रमुखका रुपमा अगाडि सारेको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा घनश्याम पाण्डेलाई प्रमुख र माया आचार्यलाई उपप्रमुखमा अगाडि सारेको छ, भने नेकपा माओवादी केन्द्रले घोराहीमा जीवन गौतम र तुलसीपुरमा शेशुराम भण्डारीलाई अगाडि सारेको छ । गाउँ शहर पार्टीका झण्डाहरुले सिंगारिएका छन् ।
यता तुलसीपुर उपमहानगरपालिका– ५ मा नेपाली काँग्रेसले तुलसीपुर बजारमा बिहानैदेखि अवेर सम्म घरघरमा पुगेर मत माग्नुका साथै मतदान गर्ने तरिकाका बारेमा समेत जानकारी गराइएको वडा अध्यक्ष पदका उम्मेदवार विरेन्द्र कुमार शाहले बताए ।
यता, एमालेले पनि विहीबार तुलसीपुर बजारमा घरदैलो अभियान गरेको थियो । अभियानमा तुलसीपुर उपमहानगर पालीकाका मेयर पदका उम्मेदवार घनश्याम पाण्डे , उपमेयर माया आचार्य, वडा अध्यक्ष मिनराज वलीसहित कार्यकर्ताहरुको सहभागिता रहेको थियो । त्यसैगरि माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विहीबार बजारमा घरदैलो कार्यक्रम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण