चौध मतदान केन्द्र संवेदनशील
बिहीबार, २५ जेठ २०७४, २० : ५१
कलैया, जेठ – बाराका ४५१ मतदान केन्द्रमध्ये सात केन्द्रलाई अतिसंवेदनशील र सात केन्द्रलाई संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा तुल्याएको छ ।
उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रको मतदानस्थल संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।
अतिसंवेदनशील र संवेदनशील मानिएका मतदान केन्द्रमा मतदाताले शान्तिपूर्ण रुपमा मतदान गर्न सक्ने गरी कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए । दुई उपमहानगरपालिका, चार नगरपालिका र नौ गाउँपालिका रहेको बारामा कुल तीन लाख ३५ हजार २५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण