संविधान संशोधन नभए चुनाव बहिस्कार : अध्यक्ष ठाकुर
बिहीबार, २५ जेठ २०७४, २१ : ०९
महेन्द्रनगर (धनुषा), जेठ २५ – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने बताए ।
धनुषाको औरही गाउँपालिकाको कपटौलमा आज आयोजित विरोध सभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु चुनावको विरोधमा नभई अधिकारका लागि आन्दोलित रहेको बताए ।
कार्यक्रममा राजपाका उपाध्यक्ष वृशेष चन्द्रलालले बलपूर्वक गरिने निर्वाचनबाट सिजृना हुने घटनाको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने उल्लेख गर्दै संविधान संशोधनबिना निर्वाचनको कल्पना समेत गर्न नसकिने बताए।
संविधान संशोधन नभए राजपा चुनाबमा सहभागी नहुने
यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए राजपा कुनै पनि हालतमा चुनाबमा सहभागी नहुने बताए ।
जनकपुरको कपलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मधेसको मुद्दालाई कसैले कमजोर ठानेर अगाडि बढ्यो भने यो कसैका लागि हितकर नहुने धारणा व्यक्त गरे।
नेता महतोले भने, ‘मधेसीको माग सम्बोधन नगरी जÞर्वजस्ती गराएको निर्वाचनको कुनै अर्थ रहँदैन र यसले देश झन द्वन्द्वमा फस्न सक्ने भएकाले यसतर्फ राज्य गम्भीर हुनुपर्दछ ।’
महासचिव राजिव झाले मधेसीको माग पुरा नगरी मधेसमा चुनाव गराउने कुरा दीवास्वप्न वाहेक केहि होइन भने । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण