डाक्टर सा’ब कसले बुझ्ला तपाईँको अक्षर ?
बिहीबार, २५ जेठ २०७४, २१ : ३३
रुपन्देही, जेठ २५– दाङका आयुष विसी विरामी उपचार गराउन भनी बुटवलस्थित अञ्चल अस्पताल पुगे । सरकारी अस्पतालमा उनले ओपीडी सेवामा टिकट लिए ।
टिकट लिएर डाक्टर सामु पुगेका आयुषलाई सोध्दै डाक्टरले धेरै कुरा डाक्टरले टिकटमा लेखे । ‘औषधिहरु लेखिदिएको छु, किनेर खानुस् ।’ डाक्टरको यत्ति जवाफ पाएपछि डाक्टरको ‘प्रेसक्रिप्सन’ बोकेर अस्पताल लाइनको मेडिकल पसलमा पुगे ।
डाक्टरी अक्षर आयुषले त बुझ्ने कुरै भएन, अक्षर नबुझेर मेडिकल पसलका स्टाफहरु पनि जिल्लिए । शुरुको अक्षर हेरेर औषधि बेच्ने बानी परेका मेडिकल पसलका स्टाफहरु शुरुको अक्षर पनि नबुझेपछि जिल्लिएका हुन् ।
आयुषले केही पसल चाहारे, उनले औषधि पाएनन् । औषधि नपाएपछि उनी साथी पसलमा औषधि सोध्न पुगे । बल्ल उनले रहस्य पत्ता लगाए, पसलेले अक्षर नबुझेर औषधि नदिएको रहेछ ।
आयुष मात्र होइन, जो सुकै विरामीलाई पनि डाक्टर लेख्ने अक्षर यस्तै हो । यस्तो अक्षर कसरी बुझिन्छ त ? मेडिकल पसले भन्छन्,– शुरुको अक्षर हेरेर अन्दाजकै भरमा औषधि दिने हो ।
यो त बुटवलको एउटा उदाहरण मात्र हो । बुटवल मात्र होइन, नामूद भनिने डाक्टरहरु अधिकांशले लेख्ने ‘पे्रस्क्रिप्सन’ यस्तै हो । उनीहरुले विरामीले नबुझुन् भनेर होइन, मेडिकल पसलेलाई पनि यस्तै हैरानी पार्ने गरेका छन् । तर डाक्टरहरु धेरै विरामी चेकजाँच गर्नुपर्ने भएकाले हतार लेख्दा अक्षर नराम्रो भए पनि बुझ्ने अक्षर लेख्ने दाबी गर्छन् । डाक्टरले बुझ्ने अक्षर नलेखिदिँदा अरु नै औषधि पर्न सक्ने मेडिकल ब्यवसायीहरु बताउँछन् । औषधि बेच्न पनि मेडिकल ज्ञान हुनुपर्ने भएकाले कम्तिमा सीएमए पास गरेकाले मात्रै मेडिकल पसल राख्ने स्वीकृति पाउँछन् ।
विरामीले नै बुझ्ने अक्षर लेखिदिने हो भने पसलबाट झुक्किएर अर्कै औषधि पर्ने थिएन भन्ने सबैको चाहना हुन्छ तर डाक्टरलाई भन्ने आँट भने कसैले नगर्ने सरोकारवालहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण