प्रचण्डले गराए राना र चन्दलाई माओवादी प्रवेश
बिहीबार, २५ जेठ २०७४, २२ : ११
काठमाडौं, जेठ २५– नेपाली काँग्रेस बेलौरी नगरपालिकाका पार्टी सभापति रामलाल राना र सचिव बिक्रम चन्द बिहीबार एक कार्यक्रमकाबीच नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
बिहीबार बेलुका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमका बीच राना र चन्दलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।
कांग्रेस सभापति राना महाकाली उच्च माविको सञ्चालक समितिको चौंथो कार्यकालको अध्यक्ष, बेलौरी नगरको पूर्व सभापति र विभिन्न सामाजिक संगठनहरुको नेतृत्वमा थिए भने चन्द सुदुरपश्चिमका युवाहरुबीच लोकप्रिय नेता हुन् ।
पार्टी प्रवेश गराउँदै पूर्वप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राना र चन्दको पार्टी प्रवेशले कञ्चनपुर र सात नम्वर प्रदेशमा माओवादी केन्द्रको विजयलाई अझै सुनिश्चित गराएको बताए ।
सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरेर चन्द र रानाको योगदानले सही नतिजा निकाल्ने प्रचण्डले विश्वास ब्यक्त गरे ।पार्टी प्रवेश गर्दै रानाले माओवादी पार्टी नै हिमाल, पहाड र तराई–मधेशलाई जोड्न सक्ने र देशको नेतृत्व गर्ने पार्टी भएकाले आफू निस्वार्थ रुपमा माओवादी केन्द्रमा आएको बताए ।
पार्टी प्रवेश कार्यक्रममा प्रचण्ड र मात्रिका यादवका साथै प्रचण्डपत्नी सीता दाहाल र बुहारी बिना मगरको पनि उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण