सिके राउतको अभियानः स्थानीय चुनावमा भाग लिन आह्वान
बिहीबार, २५ जेठ २०७४, २२ : ३३
रौतहट, जेठ २५– मधेसको प्रमुख दल राष्ट्रिय जनता पार्टीले नै चुनावमा भाग नलिने बताइरहेकाबेला मुलुक विखण्डनको अभियान चलाउँदै आएका डा. सीके राउतले स्थानीय चुनावमा भाग लिन मधेसी जनतालाई आह्वान गरेका छन् ।
राज्य विप्लवको मुद्दामा खेपिरहेका उनी विहीबार तारिख लिन रौतहट जिल्ला अदालत गौर पुगेका थिए । स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका उनले स्थानीय तहको निर्वाचनको उपयोग गर्न मधेसी समुदायलाई आग्रह गरेका छन् ।
राउतले मधेशीहरुलाई स्थानीय निर्वाचनमा भाग लिनुपर्ने धारणा राखेका हुन् । तर उनले कुनै पनि मधेसवादी दललाई पनि भोट नदिने आग्रह गरेका छन् ।
उनले आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे पनि कुनै पनि दलको चिन्हमा छाप नलाइ कोष्ठ बाहिर छाप लगाएर मत बदर गराउने भनी अभियान चलाएका छन् ।
राउतले सामाजिक सञ्जालहरुको पनि भरपुर प्रयोग गर्दै निर्वाचनमा मधेसी शहीदको सम्मानका लागि ‘कोठली बाहर मोर मारेँ’ भन्ने अभियान नै चलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण