बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राजधानीमा राष्ट्रगानका संगीतकार अम्बर गुरुङको सम्झना

बिहीबार, २५ जेठ २०७४, २२ : ४०
बिहीबार, २५ जेठ २०७४
काठमाडौं, जेठ २५ – नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवम् नेपालको राष्ट्रगानका सङ्गीतकारस्व. अम्बर गुरुङको स्मरण गरेको छ । गुरुङको प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर बिहिबार प्रतिष्ठानको कार्यालयमा आयोजित स्मृति सभा कार्यक्रमको उनको योगदानको स्मरण गरिएको हो । प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले भारतमा जन्मेर पनि गुरुङले नेपाली संगीतमा अतुलनीय योगदान पु¥याएको बताए । गीतकार रत्नशमशेर थापाले गुरुङले भित्राएको क्वार्ज संगीतको महत्वबारे चर्चा गरे । स्व. गुरुङको सांगितिक योगदानको सम्झनामा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा, पूर्व उपकुलपति प्रचण्ड मल्ल, प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, संगीतकार संघका महासचिव महेश खड्का, म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा तथा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले गुरुङको ब्यक्तित्व र संगीत क्षेत्रमा उनले पुर्याएको योगदानको चर्चा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप