पर्यटकीयस्थल स्वरेकमा बहुउद्देश्यीय भवन
शुक्रबार, २६ जेठ २०७४, ०८ : ३१
पोखरा - स्याङ्जाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल स्वरेकस्थित भैरव कालिका मन्दिर परिसरमा रु तीन लाख ५६ हजारको लागतमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ ।
भैरव कालिका आमा समूहको सक्रियतामा निर्मित उक्त भवनको बिहीबार समाजसेवी एवम् माउन्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्टराईले उद्घाटन गरे।
भवन निर्माणसँगै समूहका विभिन्न गतिविधि सञ्चालनमा सहज हुने देखिएको छ ।
रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डेयले स्वरेक प्राकृतिक रुपमा मात्रै नभएर धार्मिक पर्यटकीय दृष्टिकोणबाट पनि सम्भावनायुक्त रहेको बताए । बाइसे चौबिसे राजाको पाला देखिको ऐतिहासिक कोटका बारेमा प्रचार प्रसार गर्दै यसलाई उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्ने उनले बताए ।
कार्यक्रममा राजेन्द्र भवानी माविका शिक्षक एवम् भैरव कालिका क्षेत्र विकास समितिका उपाध्यक्ष कुलबहादुर खाँण, समाजसेवी ई।
चन्द्रबहादुर रोकाहा, नमुना स्वरेक सहयोगी समाज स्याङ्जाका उपाध्यक्ष यमलाल शर्मा पँगेनी, भैरव कालिका आमा समूहकी अध्यक्ष शशी सेन लगायतले पर्याप्त सम्भावना बोकेर पनि स्वरेकको अपेक्षित विकास हुन नसकेको बताउँदै यसतर्फ सबैको सक्रियता आवश्यक रहेकामा जोड दिए ।
कार्यक्रममा समाजसेवी भट्टराईलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण