गाउँपालिका अध्यक्षको घोषणा : तलव, भत्ता दलित विद्यार्थीको शिक्षामा
शुक्रबार, २६ जेठ २०७४, ०८ : ३९
नुवाकोट - लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले आफ्नो तलव र भत्ताको रकम आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा गरे ।
नेपाली काँग्रेसबाट विजयी श्रेष्ठले सो रकम गाउँपालिकाभित्रका दलित बालबालिकाको शिक्षाको विकास, छात्रावृत्ति, स्टेसनरी, पोसाक लगायतको शीषर्कमा खर्च गर्ने बताए ।
“दलित विद्यार्थीलाई शिक्षामा जागरुक बनाएर चेतनाको स्तर वृद्धि गर्न यो घोषणा गरेको हुँ,” अध्यक्ष श्रेष्ठले भने, “माध्यामिक तहसम्म पोसाक, स्टेसनरी, खाजा लगायतका कार्यक्रम चलाउने र उच्च शिक्षा अध्ययनका लागि नगद छात्रवृत्ति दिने योजना बनाएको छु ।”
गाउँपालिकाभित्र करिब पाँच प्रतिशत दलित जनसङ्ख्या छ ।
यसअघि २०४९ र २०५४ सालमा साबिकको चौघडा गाविसको अध्यक्ष पदमा निर्वाचित हुँदा पनि उहाँले पदमा प्राप्त सुविधालाई जनजाति र दलित विद्यार्थीको हितमा खर्च गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण