राप्रपाको माग : मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह
शुक्रबार, २६ जेठ २०७४, ०९ : ०१
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ ।
नेपाली काँग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर काँग्रेसले प्रतिबद्धता उल्लङ्घन गरेको राप्रपाको गुनासो छ ।
राप्रपाले यसबारे आवश्यक निर्णय गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्तीकुमारी शाही र नेता दिलनाथ गिरी सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदलका सदस्य गिरीले सरकारमा सहभागिताका लागि एक पटक काँग्रेस तथा नेकपा माओवादी केन्द्र सँग संयुक्त बैठक बसे पनि मन्त्रालय बाँडफाँडका विषयमा टुङ्गो लाग्न नसकेको बताए ।
पार्टीका प्रवक्ता भुवन पाठकले संसद्मा चौथो स्थानमा रहेको पार्टीलाई सरकारमा सम्मानजनक स्थान नदिइए सहभागिताका लागि मात्र सरकारमा नजाने बताए । सो पार्टीका ३७ सांसद् छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण