शिक्षकको अनुदान रोकिँदा पढाइ प्रभावित
शुक्रबार, २६ जेठ २०७४, ०९ : ०७
जाजरकोट - प्रतिविद्यार्थी अनुदान रकम पिसिएफ कटौती हुँदा जिल्लाका करिव २५ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
विद्यालयहरुले आर्थिक स्रोत अभाव भन्दै शिक्षक नराख्दा विद्यार्थीको पढाइ प्रभावित भएको हो । शैक्षिक सत्र ०७३÷७४ मा जाजरकोटका २२७ विद्यालयका २५० शिक्षकका लागि उक्त रकम निकासा भएको छैन । शिक्षा विभागले चालु वर्षमा २७ माध्यमिक, १४० प्राथमिक र ६० आधारभूत विद्यालयमा आउने अनुदान कटौती गरेको छ । स्वीकृत तथा राहत दरबन्दीसमेत नभएका विद्यालयमा आउने प्रतिविद्यार्थी अनुदान कटौती हुँदा समस्या भएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।
पिसिएफ रकम निकासा नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको भगवती मावि कुदुका प्रधानाध्यापक प्रताप रोकाय बताउँछन् । पिसिएफकै भर विद्यालयले ९ र १० कक्षाको पठनपाठन चलाउँदै आएकामा उक्त अनुदान निकासा नभएपछि समस्या भएको प्रअ रोकायले बताए । “विद्यालयमा गणित, अङ्ग्रेजी, विज्ञानलगायत विषय नै पढाउने शिक्षक छैनन,” उनले भने ।
“शिक्षाबाट गत आवसम्म पिसिएफ शीर्षकमा रु तीन लाख निकासा आउँथ्यो । त्यही रकमले मावि तहको पठनपाठन सञ्चालन गर्ने शिक्षक राखेका थियौँ”, उनले भने। विभागले प्राविदेखि मावि तहका प्रतिविद्यालयलाई ५० हजारदेखि तीन लाखसम्म उक्त अनुदान निकासा दिँदै आएको थियो । गत आव पिसिएफ शीर्षकमा दुई करोड ४४ लाख निकासा आएकामा चालु वर्षमा शून्य भएको सिंहले बताए । जाजरकोटमा मावि, निमावि र प्रावि तहका ४३५ विद्यालयमा ७०० शिक्षक दरबन्दी नपुग रहेको शिक्षा कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण