पत्रकार किरण मरहठ्ठाको “द होप”बारे टेक्ससमा अन्तरक्रिया
शुक्रबार, २६ जेठ २०७४, ०९ : ३८
जेठ २६, टेक्सस - पत्रकार किरण मरहठ्ठाको पुस्तक “द होप”बारे टेक्ससको ह्यूस्टनमा गत बुधबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । डिकुरा पब्लिकेसन नेपालले यसै साता सार्वजनिक गरेको उक्त पुस्तक माथी पत्रकार कृष्ण न्योपानेले समीक्षात्मक टिप्पणी गरेका थिए । “ द होप पत्रकारिताको नवप्रवेशीका लागी पढ्नै पर्ने पुस्तक हो ।” न्योपानेले भने ।
क्रियटीभ नेपाली सोसाइटी ह्यूस्टनको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष उमापती भुसालले द होप बर्तमान नेपाली समाजको बास्तविक चित्रण भएको बताए । “द होपले नेपाली समाजको आजको युग बोकेको छ जसले हाम्रो पुस्तालाइ नविन आशाको सञ्चार गर्नेछ ।” उनले भने ।
कार्यक्रममा क्रीयटीभ नेपाली सोसाइटीका सल्लाहकार एवं प्राध्यापक देव भुसालले पुस्तकले समेटेका विभिन्न व्यक्तित्वहरुको विचारको सार नै संघर्षबाट सफलता भन्ने रहेको टिप्पणी गरेका थिए ।
“सफलताको लागि आशालाइ जिवित राख्न सक्नुपर्छ भन्ने संदेश पुस्तकले दिएको छ ।” भुषालले बताए । बरिष्ठ उद्योगी दुर्गा पाठकले पुस्तक लेखनको भीडमा द होप ले अपनाएको नविन शैली अन्य लेखकको लागी पनि उदाहरण बन्न सक्ने बताएका थिए ।
“विषयवस्तु र प्रस्तुतीकरणका हिसाबले द होप अब्बल कृती हो,” उनले भने । करिब २ सय २० पन्नामा नेपालका विभिन्न क्षेत्रका प्रख्यात ब्यक्तित्वहरुको विचार समेटिएको पुस्तकका बारेमा यूवा व्यवसायी विष्णु पाठकले पुस्तकले बोकेको अर्थराजनीतिक पाटोको विश्लेषण गर्दै लेखकले एउटै कृतिमार्फत बर्तमान नेपालको आर्थीक, सामाजीक, राजनीतिक तथा संस्कृतीक विषयबस्तुको गहन चित्रण प्रस्तुत सफल भएको टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण