बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दुर्घटनामा चार घाइते

शुक्रबार, २६ जेठ २०७४, ०९ : ४३
शुक्रबार, २६ जेठ २०७४
सुरुङ्गा झापा - पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा आज बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् । पाडाँजुगीबाट गौरिगन्जतर्फ आउँदै गरेको मे१त ४४३४ नंको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको को१ख ४२९१ नंको यात्रुवाहक बसले ‘ओभरटेक’ गरी ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गौरादह–५ निवासी ३७ वर्षीया बिमला भुजेलसहित चारजना घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टरका सहचालक ३५ वर्षीय अजय मण्डल, बसमा सवार गौरादह–३ निवासी ४० वर्षीया शारदा डाँगी र २० वर्षीया अनिषा भण्डारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप