बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

‘पत्रकारितामा विज्ञान प्रयोगको आवश्यक’

शुक्रबार, २६ जेठ २०७४, ०९ : ५०
शुक्रबार, २६ जेठ २०७४
रत्ननगर - जेठ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको आयोजनामा तिनदिने विज्ञान समाचार लेखन तालिम भएको छ । विज्ञान र प्रविधिसम्बन्धी समाचार लेखन र प्राविधिकको आवश्यक ज्ञान दिँदै सूचना सामग्रीलाई विज्ञानसम्मत बनाउन सो तालिम दिइएको हो । तालिम समापनका क्रममा बिहीबार नास्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले विज्ञान विषयमा मात्रै होइन पत्रकारितामा पनि विज्ञानको प्रयोग अति आवश्यक भएको बताए । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सिकेका कुरा व्यवहारमा उतार्न सके उपलब्धिमूलक हुने बताए । २०४२ सालमा प्रतिष्ठान स्थापना भए पनि अहिलेसम्म यस्ता खाले तालिम राजधानीमा मात्रै सीमित हुँदै आएको थियो । विज्ञान र प्रविधिको तथ्यपूर्ण सूचनाको प्रयोगलाई बढाउन राजधानीबाहिर पहिलो पटक चितवनबाट तालिमको सुरुआत गरिएको प्रतिष्ठानका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख रमिला राउतले जानकारी दिए । पत्रकार केदार शर्मा र प्राध्यापक जीवन रेग्मीले विज्ञान÷प्रविधिका विषयवस्तु र यसमा प्रयोग हुने शब्द तथा समाचारमा पर्ने प्रभावबारे तालिम दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप