बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कट्रिना कैफले सार्कसँग गरिन् स्विमिङ (भिडियोसहित)

शुक्रबार, २६ जेठ २०७४, ०९ : ५०
शुक्रबार, २६ जेठ २०७४

एजेन्सी

जेठ २६ – कट्रिना कैफ बलिउड स्टारको रुपमा आफ्नो दिनचर्या निकै मनारञ्जनात्मक तरिकाले व्यतित गरिरहेकी छिन् । इन्स्टाग्राममार्फत आफ्ना प्रशंसकलाई उनको भ्रमण, फिल्म तालिका र विभिन्न कार्यक्रमबारे जानकारी दिने उनले केही दिन हिजो मात्रै एक रोचक भिडियो सेयर गरेकी छिन् ।

उनले ह्वेल सार्कसँग स्विमिङ गरेको भिडियो सेयर गरेसँगै उनका प्रशंसकहरु चकित भएका छन् । उक्त भिडियो फिलिपिन्सको भएको बताइएको छ एक फोटोसुटको क्रममा खिचिएको भिडियो हुनसक्ने अनुमान टाइम्स अफ इन्डियाले गरेको छ । उनले समुन्द्रको पानीमुनी सेतो स्विमसुट लगाएर फोटोका लागि पोज दिएको देख्न सकिन्छ । उनले #worldoceansday क्याप्सनसहित भिडियो सेयर गरेकी छिन् । उक्त भिडियोलाई अहिलेसम्म ६ लाखभन्दा बढिले हेरिसकेका छन् ।

#worldoceansday ? @luminousdeep

A post shared by Katrina Kaif (@katrinakaif) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप