बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसले गर्यो सुनसरीको सबै तहमा उम्मेदवार चयन

शुक्रबार, २६ जेठ २०७४, ०९ : ५८
शुक्रबार, २६ जेठ २०७४
इनरुवा  - नेपाली काँग्रेसले सुनसरीको सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवार चयन गरेको हो । पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ । धरान उपमहानगरपालिकाको उपप्रमुखमा श्यामा रेग्मी उम्मेदवार हुनुभएको छ भने इनरुवा नगापालिकाको प्रमुखमा राजन मेहता र उपप्रमुखमा जमुना पोखरेललाई चयन गरिएको छ । दुहवी नगरपालिकामा प्रमुखमा गौरीशङ्कर रौनियार र उपप्रमुखमा कल्पना कार्कीलाई उम्मेदवार बनाइएको छ । रामधुनी नगरपालिकामा प्रमुखमा जयप्रकाश चौधरी र उपप्रमुखमा विजय कटुवाललाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति राजीव कोइरालाले जानकारी दिए । बराह नगरपालिकामा प्रमुखमा बाबुराम बिष्टलाई र उपप्रमुखमा पूजा धामीलाई उम्मेदवार बनाइएको छ । गढी गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद यादव र उपाध्यक्षमा रामकुमारी चौधरीलाई उम्मेदवार बनाइएको छ । बर्जु गाउँपालिकाको अध्यक्षमा इस्राइल अन्सारी र उपाध्यक्षमा खुसीदेवी चौधरीको नाम टुङ्गो लगाइएको छ । देवानगन्ज गाउँपालिकाको अध्यक्षमा लालीप्रसाद मेहता, हरिनगरा गाँउपालिकाको अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझिम भगतको नाम टुङ्गो लागाइएको छ । कोसी गाउँपालिकाको अध्यक्षमा अयुब अन्सारी र उपाध्यक्षमा अनिता यादव तथा भोक्राह गाउँपालिकामा अजमल अख्तर र पुष्पा मेहताको नाम टुङ्गो लगाइएको सभापति कोइरालाले जानकारी दिए । काँग्रेसको चुनावी प्रचार कार्यक्रमअन्तर्गत घरदैलो अभियान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप