बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मोरङ्गमा एक दर्जन पत्रकार स्थानीय तहको उम्मेदवार

शुक्रबार, २६ जेठ २०७४, १० : ४१
शुक्रबार, २६ जेठ २०७४

मोरङ, जेठ २६ – मोरङ्गका पत्रकारहरु स्थानीय तहका लागि मेयर, गाँउपालिका अध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यसम्मका उम्मेदवार बनेका छन् ।

पत्रकार महासंघ मोरङ्गका निर्वतमान अध्यक्ष तथा पत्रकारिताका प्रधाध्यापक महेन्द्र बिष्ट पथरी शनिश्चरे नगरपालिकाको ५ नम्बर वडाको अध्यक्षका उम्मेदवार बनेका छन् । महासघ मोरङ्ग शाखाका निर्वतमान सचिव नवराज कट्टेल इलामको रोङ गाउँपालिकाको अध्यक्षका उम्मेदवार छन् ।

पूर्व सचिव गोकुल पराजुली बिराटनगर महानगरको ४ नम्बर वडाको अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । पत्रकार बिजय खम्बु पथरी शनिश्चरे नगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवारबनेका छन । सक्रृय पत्रकार भक्त्तशेर लिम्बु, किशन शाही केराबारी गाउँपालिकाको वडा अध्यक्षको उम्मेदवार छन् ।

नेपाल पत्रकार महासंघ मोरङ्गका निर्वतमान अध्यक्ष तथा पत्रकारिताका प्राध्याक महेन्द्र बिष्ट आजकल समाचार लेख्न र पढाउन छाडेर स्थानीय तहको निर्वाचनका लागि भोट माग्न व्यस्त छन् । नेकपा एमालेबाट मोरङ्गको पथरी शनिश्चरे नगरपालिकाको ५ नम्बर वडाको उम्मेदवारबनेका बिष्ट आफ्नो जित सुनिश्चित गराउन समाचार खोज्न लेख्न र कलेजमा पढाउन छाडेर वडाध्यक्ष बन्न घरदैलो अभियानमा जुटेका हुन् ।

निर्वतमान अध्यक्ष बिष्ट मात्र हैन मोरङ्गका सक्रृय पत्रकारिता गरिरहेका एक दर्जन पत्रकारहरु आजकल पत्रकारिता चटक्कै छाडेर स्थानीय तहको प्रतिनिधि बन्न उम्मेदवार बनेर भोट मागिरहेका छन् । उनीहरु सबैले आफुले सहज रुपमा जित हासिल गर्ने दाबी गरेका छन् ।

पत्रकार महासंघ मोरङ्गका पूर्व सचिव तथा गोरखापत्र र व्लाष्ट टाईम्स दैनिकका समाचारदाता गोकुल पराजुली पनि पत्रकारिता छाडेर वडा अध्यक्षको उम्मेदवार बनेर भोट मागिरहेका छन् । माओबादी केन्द्रबाट बिराटनगर महानगरपालिकाको ४ नम्बर वडाका लागि वडाध्यक्षको उम्मेदवार बनेका पराजुली आफूले पत्रकार भएर धेरै विकासका काममा योगदान दिएकोले आफु बिजयी हुने दाबी गर्छन् ।

महासंघ मोरङ्गका निर्वतमान सचिव तथा बिराटनगरबाट प्रकाशित जनबिद्रोह दैनिकका कार्यकारी सम्पादक नवराज कट्टेल पनि पत्रकारिता छाडेर गाबिस अध्यक्षको उम्मेदवारबनेका छन् । गोरखापत्र दैनिकका रंगेली समाचारदाता समेत रहेका उनी आफ्नो जन्मथलो इलामको रोङ गाउँपालिकाको अध्यक्षका लागि माओबादी केन्द्रको उम्मेदवार बनेर मत मागिरहेका छन् । स्नातोकोत्तर अध्यनरत कट्टेल आफना प्रतिस्पर्धीहरु भन्दा आफु योग्य र सक्षम भएकोले जित हासिल गर्न गाह्रो नहुने बताउँछन् ।

उम्मेदवार बन्न पत्रकारहरुको मोरङ्गमा लर्को

स्थानीय तहको निर्वाचनमा उम्मेदवारबन्न मोरङ्गमा लर्को नै लागेको छ । बिराटनगरबाट प्रकाशित जनबादी आवाज साप्ताहिककी सम्पादक अप्सरा निरौला बिराटनगर महागरपालिकाको ३ नम्बर वडाको वडा सदस्यको उम्मेदवार बनेकी छन् । यस्तै व्लाष्ट टाईम्स दैनिकका बेलबारी सम्बाददाता भक्त्तशेर लिम्बु र फाइट साप्ताहिकका सम्पादक किशन शाही पनि वडा अध्यक्षको उम्मेदवार बनेका छन् । उनीहरु दुबै केराबारी गाउँपालिकाको ९ र १ नम्बर वडाको अध्यक्षकालागि माओबादी केन्द्रबाट उम्मेदवारबनेका हुन । दुबैजनाले पत्रकारितासँगै जनताको घरघरमा पुगेर मत माग्ने काम जारी राखेका छन् । स्थानीय ठाउँमै बसेर दुखसुखसँगै भोगेर पत्रकारिता मार्फत बिकासकालागि योगदान दिएकोले निर्बाचनमा पराजित हुनुनपर्ने दाबी लिम्बु र शाहीको छ ।

उम्मेदवार बन्ने मोरङ्गका पत्रकारहरुको लिष्टमा बिजय खम्बुको नाम पनि थपिएको छ । तिम्मा साप्ताहिका प्रकाशक सम्पादक रहेका खम्बु मोरङ्गको पथरीशनिश्चरे नगरपालिकामा स्वतन्त्र उम्मेदवारबनेका छन् । बिकासका एजेण्डा तैयार गरेर स्वतन्त्र उम्मेदवारी दिएका खम्बु पनि दिनरात भोटमाग्न व्यस्त छन् ।

केही पत्रकार उम्मेदवार बन्न अझै दौडधुपमा

यसैगरि मोरङ्गका धेरै सक्रृय पत्रकारहरु उम्मेदवारबनेर आफनो जित सुनिश्चित गराउन घरदैलो गर्दै चुनावी प्रचारप्रसारमा व्यस्त भैरका छन भने कोही चाँही टिकट लिएर उम्मेदवार बन्ने सुरसारमा छन् । बिराटनगरका पत्रकार अशोक पौडेल फोरम लोकतान्त्रिकबाट महानगरपालिकाको वडा अध्यक्षमा उम्मेदवार बन्दै छन् । यसैगरि बेलबारीका पत्रकार दिनेश गिरी र भोजराज बस्नेत पनि नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवारबन्ने तैयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप