भारत श्रीलंकासँग पराजित भएपछि समूह बी रोचक मोडमा
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्तरगतको अन्तिम खेल रोचक हुने भएको छ ।
बिहिबार राती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेको हो । योसँगै अन्तिम खेलमा समूहका सबै टोली अर्को चरणमा पुग्ने सम्भावना कायम रहेका छ ।
शिखर धवनको शतकपछि जीतका लागि ३२२ रनको लक्ष्य पाएको श्रीलंकाका लागि कुशल मेन्डिस (८९ रन) तथा धनुस्का गुनाथिलाका (७६ रन) बनाउँदै १५९ रनको साझेदारी गर्दै जीतको आधार तय गरे ।
त्यस्तै कुशल परेराले ४४ बलमा ४७ रन बनाउँदै श्रीलंकालाई अग्रस्थानमा पुर्याए पनि घाइते हुँदै मैदान छाड्न पुगे ।
त्यसपछि एन्जेलो म्याथ्युज (५२ नटआउट) तथा असेला गुनारत्ने (३४ नटआउट) ले आठ बल बाँकी छँदै टोलीलाई जीत दिलाए ।
समूहका सबै टोलीले शुरुवाती दुई खेलपछि १ खेलमा जीत तथा एक खेलमा हार बेहोरेको छ । यसरी समूह बीका सबै टोली सेमिफाइनलमा पुग्ने आशा जिवित रहेको छ ।
अब आइतबार भारतले ओभल मैदानमा दक्षिण अफ्रिकाको सामना गर्नेछ भने श्रीलंकाले पाकिस्तानको सामना त्यसको भोलिपल्ट गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण