बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पत्रकार दुव्र्यवहार गर्नेलाई कारबाहीको माग

शुक्रबार, २६ जेठ २०७४, १० : ५२
शुक्रबार, २६ जेठ २०७४
  पर्सा, २६ जेठ । समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आज वीरगन्जमा जलुस प्रदर्शन गरेको छ । शाखाका उपाध्यक्ष अनुप तिवारीमाथि साङ्घातिक आक्रमण गर्दै दुव्र्यवहार गर्ने दोषीलाई कारबाहीको माग गर्दै महासङ्घले वीरगन्जमा जुलुस निकालेको हो । घन्टाघर चोकबाट निकालिएको जुलुस माईस्थान, महावीरस्थान, आदर्शनगर, मीना बजार हँुदै पुनः घन्टाघर चोकमै पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा शाखाका अध्यक्ष श्याम बन्जाराले सामाचार लेखेकै कारण पत्रकार तिवारीमाथि भएको आक्रमण तथा दुव्र्यवहारजस्तो कार्य निन्दनीय भएको बताउनुभयो । यही जेठ २२ गते राति वीरगन्जको छपकैयामा खाजा खाइरहका तिवारीमाथि आक्रमण गर्ने वीरगन्ज निवासी सुजित गिरी, एजाजबाबु राँकी र कृष्णा चौरसियालाई कारबाही गर्न निवेदन दिइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप