अनि देउराली रुन्छ : सिंहदरबारमा कम्युनिष्ट पसे, बत्तिसपुतलीमा सामन्त
काठमाडौं, जेठ २६ – झमझम झरी परेर बाहिर निस्किसक्नु छैन, अचानक साहुले गरीव गाउँले किसान रणध्वजलाई घरबाट निकाल्छ । मुखिया चतुरमानले जवजस्ती घोक्र्याएर पानीमा फ्याल्छ, अनि घरमा भोटेताल्चा मारेर घरबारी हडपिन्छ ।
झरीमा बनका चरी त गुँडमा टाँसिएर बस्छन् बचेरा जोखाउन पँखेटाले ओतेर । गाईभैँसी बलेसी नचुहिने भित्तोतिर तर्केर ओतिन्छन् । झन मान्छेको जात, जस्तोसुकै गरीव भएपनि चुहिने छानो टालटुल पारेर झरी ओतेर परीवार जोगाउँछ । तर मान्छेले मान्छेलाई गर्ने यो व्यवहारले यो दृष्य टुलु्टुलु हेरेर बस्नेहरुको आँखा बर्रर्र बर्सन्छ, झरीभन्दा धेरै । २१ औँ सताब्दीमा पनि सामन्तको यो ब्यवाहारले गाउँका गरीवको कारुणीक व्यथा दर्शाउँछ ।
सामन्तको बिरोध गरेर नथाक्ने कम्युनिष्टहरु सिंहदरबारको वरीपरी छन् । झन् सामन्तबादको जरै उखेलेर फाल्न १० वर्ष सशस्त्र युद्ध थालेका कम्युनिष्टहरु त एकपछि अर्को अड्डा जमाएर बसिरहेका छन् । गरीबका दिन फर्किने भाषण गर्दै बानेश्वरमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा दिनहुँ भाषण हुन्छ सिँहरदरबारका अधिकार गाउँ गाउँमा भनेर । तर सिँहदरबार र बानेश्वरबाट पुगनपुग आधाघण्टाको दुरीमा रहेको बत्तिसपुतलीमा गरीवले भोग्नुपरेको सामन्ती शोषण र कारुणीण दृस्य हेरेर आँखा रुझाउन बाध्यहुनेबाहेक अर्थोक उपाय छैन ।
नेपाली समाजको आजभन्दा करीव दशक अगाडीको दिनहरु भोग्नेलाई लाग्छ यो कालरात्री हो हामीले भोगको जसले देख्द यो दृश्य । जीवन बरालको सजिव निर्देशनले नेपाली समाजमा सामन्तीयूगको कथालाई यथार्थताको धरातलमा उतारेको छ, नाटककार मानबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ नाटकमार्फत ।
झापाबिद्रोह, किसान आन्दोलन हुँदै १० वर्षे शसस्त्रयुद्धसमेतले किन भयो र किन अनाहकमा जनता मारीयो भनेर सामाजिक सञ्जालमा आलोचना गर्नेहरुको लहर चलिहरँदा यो दृश्य, जसले त्यस्ता हजारौँ प्रश्नको जवाफ दिने छ ।
छोरीको बिहेका लागि सम्पत्ति धितो राखेर लिएको ऋण तिर्न नसकेपछि साहुले गरीबको घरखेत जबर्जस्ती हडपेको अवस्थाले सामाजिक सञ्जालेहरुलाई जवाफमात्र दिँदैन मानवता हुनेहरुका लागि ति कालरात्रीहरुबाट मुक्ति दिनका लागि लडेको लडाईलाई स्यालुट गर्छ । एउटा गरीवकी छोरी मैयालाई बिहेको मण्डपमा पुग्ने बेला एउटा पापी साहुले गहनासहित भारतमा बेच्न पठाएपछि बहिनीको साटो दिदी जुना डोली चढेर जानुपरेको कारुणीक दृश्यले कसैको आँशु थामिन्न । गाउँको माया अम्बरसँगसंगै जीउने कसम खाएकी जुनालाई जबर्जस्ती बहादुरेको डोलीमा चढाएर पठाएपछिको अवस्था र हुनेवाला ससुरा सामन्तबाट ऋणमुक्त गरेर जुनालाई बिहे गर्न आएको अम्बरले आफ्नै मितदाजुको श्रीमतिको रुपमा आफ्नी प्रेमीका देखेपछि मुर्छिएको अवस्थाले प्रेमीप्रेमिका मात्र होईन हरेक मानवको मन कोक्याउँछ । आफ्नो सम्पत्तिको एकमात्र हकदार भतिज अम्बरको हत्याका लागि उसको मितदाजु बहादुरेलाई उक्साएर हिँसा मच्चाउने सामन्ती प्रवृत्तिको चतुरमान मुख्खेको कारण बिहे गरेको चार महिनामा सेतो पहिरनमा बस्नुपरेको जुनाको अवस्था देख्दा छन सामन्तीप्रबृत्तिमाथी बदलाभाव पलाउँछ ।
मन मिलेको यूवकसँग प्रेम बिबाह गरेर जीव बिताउने सपना बोकेकी जुनालाई राक्षसी स्वभावको जुवाडे पुरुषको कुटपिट र गाउँ गाउँमा कर्खा भट्याएर सन्देश दिने गाईने दाईलाई दलित भनेर गरिएको अपमान सहिनसक्नुछ ।
सन ३० र ४० को दशकमा जनताको मानसपटलमा बसेको यो नाटक सामन्ती संस्कारका परिणमस्वरुप आर्थिक असमानता र सामाजिक अन्याय भोग्न बाध्य पारीएका शोषित, पीडित र किनारीकृत जनताका आजात प्रतिध्वनित गरेको छ । ‘दुःख सबैको समान हो, थाहा छैन कति न्याय गरेको छु’ निर्देशक बराल भन्छन् ‘यस नाटकमा घटनापछिको असर भदा पनि घटनासँगैका असर अरु छन जस्तो लाग्छ ।’
शिल्पीमा तयार पारिएको देउराली साँच्चै गाउँको देउराली जस्तै लाग्छ, जसले नाटकलाई झन् सजिव बनाएको छ । गाईनेको सारगंीले बोकेको कथा कम मर्मस्पर्शी छैन ।
गाउँले गरीबको आर्थिक समस्यामा सामन्तले सिर्जना गरेको सामाजिक संकटलाई यथार्थमा उतार्न कलाकारहरु सफल भएका छन् । अभिनय यति सजिव छ की दर्शक शिल्मीको घरभित्र बसिरहँदा चतुरमान, खत्रिनी, माया, रणधोज, पम्फा, अम्बर, जुना, कान्छी, मैया, सन्ते, बहादुरे, बाबरी, बुढानाथ, खुलाल, बिर्खे, शमशेर, गाईने, कलकाँधेको भूमिकामा रहेका कलाकारहरु चन्द्रप्रसाद पाण्डेय,पवित्रा खड्का, निरज सुवेदी, अनिल सुब्बा, जान्वी बोहरा, सुमन कुइँकेल, कोपिला ढकाल, संगीता उराव, केसी राजा, झकेन्द्र विसीले २० वर्ष अघिको गाउँमै फर्काउँछन् । बालकलाकारहरू काव्य बराल, मुना पाण्डेय, सन्देश पाण्डेयले गाउँमा बिहे र द्यौसीको बेला रमाउँदा बालपन झल्काएर आँखा रसाईदिन्छन् ।
सन १९९२ मा पहिलोपटक दार्जिलिङ्ग र वि सं २०३३ सामा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले मञ्चन गरेको नाटक ‘अनि देउराली रुन्छ’लाई शिल्पीले यही जेठमा काठमाडौमा मञ्चन गरेको हो । चन्द्रप्रसाद पाण्डेय,पवित्रा खड्का,निरज सुवेदी, अनिल सुब्बा, जान्वी बोहरा, सुमन कुइँकेल, कोपिला ढकाल, संगीता उराव, केसी राजा, झकेन्द्र विसी र बालकलाकारहरू काव्य बराल, मुना पाण्डेय, सन्देश पाण्डेयको अभिनयले नाटकलाई जीवन्त र प्रशंसायोग्य बनाएको छनाटक दर्शको आग्रहअनुसार असार ५ सम्म चल्ने शिल्पी कला समूहका अध्यक्ष कुमार आलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण