बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

‘लाल्टिन’ भर्सेस ‘आधा लभ’ : प्रियंका र दयाहाङसँग ऋचा र अर्पणको टक्कर

शुक्रबार, २६ जेठ २०७४, ११ : २६
शुक्रबार, २६ जेठ २०७४

काठमाडौं, जेठ २६ –दर्शकले आजबाट ‘लाल्टिन’ र ‘आधा लभ’ गरेर दुई नयाँ चलचित्र हेर्न पाएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै दुबै चलचित्र एकसाथ देशभर प्रदर्शनमा आएका हुन् ।

‘लाल्टिन’

देब कुमार श्रेष्ठ निर्देशित ‘लालटिन’ दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, राज कटुवाल, जनक बर्तौला, अर्जुन जंग शाही, शिशिर भण्डारी, ए.गुरुङ लगायतका कलाकार अभिनित चलचित्र हो ।

भानु प्रतापको प्रस्तुति रहेको चलचित्र व्यापारिक रुपमा सफल हुने दयाहाङ्ले बताएका छन् । चलचित्रको ‘विस्की’ बोलको गीत अहिले निकै चर्चामा छ । बिनोद ढकाल, सोमीया बराइली र किरण माइकलको आवाज रहेको गीतमा शब्द, संगीत बिनोद ढकाल र किरण माइकलकै रहेको छ । गीत कलाकार निर्जन थापा र प्रियंका कार्कीमाथि फिचरिङ गरिएको छ ।

‘आधा लभ’

ऋचा शर्माले निर्माण गरेको चलचित्र हो आधा लभ । राजधानीको अपार्टमेन्टमा बस्ने विभिन्न युगल जोडीको कथामा बनेको चलचित्रमा ऋचा शर्मा, अर्पण थापा, रोजिशा शाही ठकुरी, रेमनदास श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । आधा लभलाई अर्पण थापाले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप