बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

यसरी गर्दैछ निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारी

शुक्रबार, २६ जेठ २०७४, ११ : ३३
शुक्रबार, २६ जेठ २०७४

काठमाडौं, जेठ २६ – दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै जाँदा निर्वाचन हुने ४ प्रदेशका जिल्लामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । निर्वाचन आउँन दुइसाता भन्दा केहीदिन मात्रै बढि रहेका बेला प्रदेश नम्बर १, २, ५ र ७ का जिल्लाहरुमा चुनावी प्रचारप्रसार र राजनीतिक चहलपहल बढेको हो ।

दोस्रो चरणमा निर्वाचन हुने अधिकांश जिल्लामा राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाईसकेका छन् भने उम्मेदवार टुंग्याउन नसकेका स्थानीय तहमा पनि पार्टीहरुले प्रचारप्रसारलाई तीव्र दिएका छन् । दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि शहरदेखि गाउँगाउ सम्म चुनावी माहोल बढ्दै गएको निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरुले बताएका छन् ।

मतदातालाई आफ्नो पक्षमा पार्न स्थानीय नेता तथा कार्यकर्ता घर घर पुग्न थालेका छन् । केही आशंका रहेको २ नम्बर प्रदेशमा समेत प्रमुख राजनीतिक दलहरुले समेत उम्मेदवार घोषणा गरी चुनावी अभियानलाई तीव्रता दिएपछि त्यस क्षेत्रका मतदाता समेत आफ्नो मत प्रयोग गर्न आतुर देखिएका छन् ।

४३ जिल्लामा हुने दोस्रो चरणको निर्वाचन ९रुकुमको केही भाग र नवलपरासी गरी० का लागि निर्वाचन आयोगले पनि आफ्नो तर्फबाट गर्नुपर्ने तयारी तीव्र पारेको छ । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार आयोगले अहिले चारवटै प्रदेशमा निर्वाचन शिक्षाबारे जानकारी गराइरहेको छ । त्यसका लागि ११ हजार ९ सय ३१ मतदान केन्द्रमा त्यति नै संख्यामा निर्वाचन शिक्षा कार्यकर्ता खटाइएको छ । उनीहरुले मतदान कसरी गर्ने रु कसरी मतदान गर्दा मत रद्ध हुदैन रु भन्ने कुरा मतदतालाई सिकाइरहेका छन् ।

सवै जिल्लामा मतपोलिङ र नमुना मतदान समेत भइरहेको सचिव मैनालीले जानकारी दिए । उनका अनुसार मतदाता शिक्षा कार्यक्रममा शहरको तुलनामा गाउँका मानिसहरु बढि उत्साहित बनेर सहभागि बनेका छन् । पहिलो चरणको स्थानीय निर्वाचनमा शहरको तुलनामा गाँउमा कम मत बदर भएको थियो । ‘गाउँका मानिसहरु शहरका भन्दा मतदानप्रति बढि सचेत भएको विगतको अनुभवले देखाएको छ । त्यसकारण हामी यो अनुभवलाई समेत ध्यानमा राखेर दोस्रो चरणको स्थानीय निर्वाचन थप प्रभावकारी, सहभागितामुलक र उत्साहजनक रुपमा सम्मपन्न गर्न गइरहेका छौ’ सचिव मैनालीले रातोपाटीसँग भने ‘ हाम्रो रिपोर्टिङमा मतदाताको उत्साह अत्यन्त छ ।’

मध्य बर्खामा निर्वाचन हुने भएकाले आयोगलाई निर्वाचन गर्न केही कठिनाइ हुने भएकाले त्यसतर्फ पनि आयोग सर्तक र सजग भएको छ । उसले निर्वाचन सामाग्रीको सुरक्षा देखि मतदान केन्द्रमा अपनाउनुपर्ने सुरक्षाका विषयलाई ख्याल गर्दै त्यहि किसिमको व्यवस्थापन गरिरहेको जनाएको छ ।

आयोगले बर्खा याम भएकाले मतदता र मतदान सामाग्रीको सुरक्षामा विषेश ध्यान दिएर त्यहि अनुसारको व्यवस्था गर्ने पनि जनाएको छ । त्यस्तै आयोगले मतदाता शिक्षा प्रभावकारी भएनभएको गोप्य अनुगमनका लागि चारवटै प्रदेशमा निर्वाचन आयोगका चार जना आयुक्तलाई खटाएको छ । उनीहरु अहिले सम्बन्धित प्रदेशमा पुगेर अनुगमन गरिरहेका छन् । निर्वाचन आयुक्तहरु यहि जेठ ३० गते केन्द्रमा फर्कने र उनीहरुको रिपोर्टका आधारमा थप सुक्ष्म अनुगमन गरिने छ । जसमा प्रमुख निर्वाचन आयुक्त सहितको टोली खटिने छ ।

आगामी असार १४ गतेका लागि तय भएको निर्वाचनमा २ महानगर, १० उपमहानगर, १ सय ५६ नगरपालिका र २ सय ९३ गाउँपालिकामा निर्वाचन हुँदैछ । दोस्रो चरणको निर्वाचनमा ९० लाख ९७ हजार ५ सय ५७ जना मतदाताले आफ्नो मत प्रयोग गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप